एनआरएनए स्विजरल्याण्डको अधिवेशन अगष्ट १८ मा हुने


जुरिख – गैर आवासिय नेपाली संघ (एनआरएनए) स्विजरल्याण्डको नयाँ कार्यकालको लागि कार्यसमिति चयन र संघको अधिवेशन आगामी अगष्ट १८ तारिखको दिन बर्नमा गरिने भएको छ । हालै बसेको एनआरएनए–एनसिसि स्विजरल्याण्डको बैठकले अधिवेशनको मिति तोकेको हो ।

अधिवेशनको लागि सदस्यता नविकरण एवं नयाँ सदस्यताको लागि जुन १ तारिखबाट जुन ३० तारिख सम्म आवेदन खुल्ला हुनेछ । सदस्यता नविकरण तथा नयाँ सदस्यता बन्नका लागि एनआरएनए आइसिसिले बनाएको एम आइ एस सिस्टमबाट अनलाईन मार्फत फम भर्नुपर्नेछ ।
सदस्यता शुल्क यसपाली वृद्धि गरिएको छ । संघलाई संस्थागत र आर्थिक हिसाबले पनि मजबुत बनाउनका साथै आपतकालिन राहत एवं एनआरएनएले आयोजना गर्ने कार्यक्रमहरुलाई टेवा पुगोस् भन्ने सोचले यो पटक देखि लागू हुने गरी २ वर्षका लागि ३० स्विस फ्रेन्स शुल्क राखिएको छ । यसअघि एन आरएनए स्विजरल्याण्डले संघको स्थापना कालदेखि सदस्यता शुल्क २ वर्षका लागि २० स्विस फ्रेन्स लिदै आएको थियो । सदस्यताका लगि mero.nrna.org मा क्लिक गरेर आवेदन फम भर्न सकिनेछ ।

साथै गैर आवासिय नेपाली संघ (एनआरएनए) युरोप रिजनल मिटिङ अगष्ट ३ र ४ तारिखको दिनमा इटालिको रोममा हुदैछ । उक्त्त कार्यक्रममा जान इच्छुक महानुभावहरुले एनआरएनए स्विजरल्याण्डका पदाधिकारीलाई जानकारी दिन सक्नेछन् । जसको लागि राम कुमार महतो ०७६५८६५४५६, भुमी राज गुरुङ ०७६४२७५४४३, सुक्र श्रेष्ठ ०७६५७०७५६० मा सम्पर्क गरी जानकारी दिन सकिने गैर आवासिय नेपाली संघ (एनआरएनए) स्विजरल्याण्डले जनाएको छ ।