कोपा डेल रेको उपाधि भ्यालेन्सियालाई


काठमाडौं – स्पेनिस कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेकाे छ । फाइनलमा बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले उपाधि हात पारेकाे हेा ।

शनिबार राति भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । भ्यालेन्सियालाई उपाधि दिलाउन केभिन गेमिरो र रोडि्रगोले गोल गरे । बार्सिलोनाका लागि कप्तान मेस्सीले गोल गरे पनि जीतका लागि प्रयाप्त बनेन ।

खेलको २१औं मिनेटमा नै भ्यालेन्सियाले गोल गर्दै अग्रता बनाएको थियो । भ्यालेन्सियाका लागि केभिनले गोल गरेका थिए । ३३ औं मिनेटमा भ्यालेन्सियाले अर्को गोल थप्दै २-० गोलको अग्रता बनाएको थियो । यो पटक रोडि्रगोले गोल गर्न सफल भए ।

पहिलो हाफमा नै दोब्बर अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा केही सुधारिएको खेल खेल्दै एक गोल गर्न सफल भयो । तर भ्यालेन्सियालाई रोक्न भने सकेन ।

खेलको ७३औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै २-१ गोलको अग्रतामा ल्याएका थिए । तर बाँकी समयमा अर्को गोल गर्न नसक्दा बार्सिलोना भ्यालेन्सियासँग २-१ गोलअन्तरले पराजित भएको हो । भ्यालेनसियाले यसअघि २००८ मा कोपा डेल रेको उपाधि जितेको थियो।