कर्म फलाईटस्को ‘आफन्तजन छात्रवृत्ति’ वितरण


पोखरा । बाग्लुङ जिल्लाको निसीखोला–२ मा अवस्थित अर्नाकोट आधारभुत विद्यालय, अर्नाकोट देउरालीका २ सय ३७ जना विद्यार्थीहरुलाई कर्म फ्लाईट्स फाउण्डेशनद्धारा सञ्चालित आफन्तजन छात्रवृत्ति प्रदान गरिएको छ ।

सो कार्यक्रममा विद्यालयमा अध्ययन गरिएरहेका कक्षा १–८ का सम्पूर्ण २ सय १८ तथा माध्यमिक तहमा अध्ययनरत १९ जना विद्यार्थीहरुलाई वर्ष भरि पुग्ने शैक्षिक सामाग्री तथा नगद सहित जम्मा ८ लाख बराबरको छात्रवृत्ति वितरण गरेको छ ।

निसीखोला–२ का वडा अध्यक्ष कुबिर विश्वकर्माको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा २ सय १८ जना विद्यार्थीलाई जनही ३ हजार बराबरको शैक्षिक सामाग्री, झोला, डे«स र स्वीटर, हाइजिन किट, राज्यद्धारा निर्माण गरिएको छात्रवृत्ति मापदण्डबाट बाहिर रहेका ४८ जना गरि दलित तथा जनजाति छात्रहरुलाई र कक्षा ९–१२ मा अध्ययनरत १९ जना विद्यार्थीलाई ३ हजारको शैक्षिक सामाग्री र ५ हजार नगद गरि जनही ८ हजारका दरले छात्रवृत्ति वितरण गरिएको कर्मफलाईटस्का कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले जानकारी दिए ।

विगत ७ वर्षदेखि विद्यालयमा सञ्चालित छात्रवृत्ति कार्यक्रममा यस पटक फरक तरिकाले सम्पूर्ण विद्यार्थीलाई समान हैषियतमा छात्रवृति वितरण गरिएको र उक्त कार्यक्रमले सवै अभिभावक, विद्यार्थी तथा शिक्षकहरुमा हर्ष एवं प्रेरणा छाएको विद्यालयका प्रधानाध्यापक वेगबहादुर कुँवरले बताए ।

सम्पूर्ण अभिभावकहरु आ–आफ्नै बच्चाहरुसँग उपस्थित भएको कार्यक्रममा शिक्षिका पार्वती रसाइली, शिक्षाप्रेमी झमबहादुर कुँवरलगायतले छात्रवृत्ति कार्यक्रमको महत्व र सदुपयोगको बारेमा मन्तव्य राखेका थिए ।

कर्मफ्लाईटस् संस्थाले निसीखोला गाँउपालिकामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहकार्य गर्दै आएको वताउँदै यहि आर्थिक वर्षमा कम्प्युटर ल्याव, एउटा विद्यालयमा ६ कोठे पक्की भवन, ५ वटा विद्यालयमा पुस्ताकालय, निशुल्क स्वास्थ्य शिविर तथा गाउँपालिका स्तरीय शिक्षक अभिमुखीकरण कार्यक्रम सञ्चालित रहेको वडा अध्यक्ष कुबिर विश्वकर्माले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर कुँवरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।