कर्मफलाइट्सद्धारा विभिन्न जिल्लामा न्यानो ज्याकेट वितरण


पोखरा । विगत ५ वर्षदेखि भुकम्पको राहत, पुनर्निर्माण र पुनर्लाभ कार्यक्रममा सक्रिय कर्मपलाईटस्ले आव २०७५/०७६ भित्र हिमाली भेगका जिल्लाहरुमा कठिन परिस्थितिमा विद्यालय जाने २५ सय जना बालबालिकाहरुलाई निशुल्क न्यानो ज्याकेट वितरण गरेको जनाएको छ ।

पहिलो चरणको कार्यक्रम अन्र्तगत गोरखाको बारपाक सुलिकोट–३ का ७ वटा विद्यालयमा अध्ययनरत ५ सय विद्यार्थी तथा धार्चेको लापु, बाग्लुङको निसीखोला गाउपालिका र ढोरपाटन नगरपालिकाका ४ सय विद्यार्थी र रुकूम (पूर्व) को मैकोटको पुथा हिमालय माविमा अध्ययरत ४ सय ३५ जना विद्यार्थीहरुलाई न्यानो ज्याकेट गत मंसिर महिनामै सम्बन्धित विद्यालयमै पुगेर ज्याकेट वितरण गरिएको थियो भने दास्रो चरण अन्तर्गत जेठ महिनामा उपल्लो मनास्लु भरिका सम्पूर्ण विद्यार्थीहरुलाई १/१ जोर ज्याकेट वितरण गरेको हो ।

कर्मफलाईटस्को न्यानो ज्याकेट कार्यक्रम २०७२ बाट शुरु भई हरेक वर्ष सरदर २२ सय जना बालबालिकालाई ज्याकेट वितरण गदै आईरहेको उतm कार्यक्रमको लागि आर्थिक सहयोग स्वदेशी र विदेशी प्याराग्लाइडिङ पाइलटहरु तथा पोखराका स्थानिय व्यवसायिक प्रतिष्ठानहरुको आर्थिक सहयोगमा गरिदै आइएकोे छ।

यो वर्षमात्रै २८ लाख ६३ हजार खर्च भएको संस्थाका निर्देशक प्रेमबहादुर कुँवरले बताए । कर्मफलाईटस्को लोगो अंकित पफी ज्याकेटहरु नेपालकै काठमाण्डौ स्थित पिएण्डजी कारखानामा उत्पादन गरिएको जनाईएको छ ।