दिमागको बिर्को लोकार्पण


गोबिन्द तिमिल्सिना /हेमजा । लघुकथाकार राजु क्षत्री अपुरोको चौथो लघुकथा सङग्रह दिमागको बिर्को शनिबार पोखरा २५ हेमजामा लोकार्पण भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी गण्डकी प्रदेश सांसद पुष्पा के.सी भण्डारीले साहित्यको कार्यक्रममा सहभागि हुन पाएकोमा खुसि ब्यक्त गर्दै प्रदेश सरकारले साहित्यमा चासो दिएको बताइन । स्वतन्त्र पत्रकार सघं कास्कीका अध्यक्ष असफल गौतमले स्रष्टा परिचय गरेको कार्यक्रममा वडा सचिब इस्वरिप्रसाद पोखरेल, साहित्यकार मदन भण्डारी, बिष्णु बाँस्तोला, पदम नेपाली र खिमकुमारी भण्डारी लगाएतले लघुकथाकार अपुरोलाइ सफल्ताको शुभकामना ब्यक्त गरेका थिए ।

साहित्यकार एंव समिक्षक कल्यण पन्तले लघुकथा सङगहको समिक्षा गरेको कार्यक्रममा डण्डीराज ज्ञावली र आर्या त्रिपाठीले आफनो रचना प्रस्तुत गरेका थिए ।

हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष छन्दमणी त्रिपाठीले र सञ्चालन सचिब बसन्त बाँस्तोलाले गरेका थिए ।