स्पेनकालागि राजदूतमा आङफुटी शेर्पा सिफारिस


काठमाडौं । सरकारले स्पेनका लागि नेपाली राजदूतमा आङफुटी शेर्पालाई सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको हो । सरकारले स्पेन लगायत अष्ट्रेलिया,  कतार र बंगलादेशका लागि नेपाली राजदूत सिफारिस गरेको छ। 

अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।