अधिकारीको स्मृति दिवसमा अक्षयकोष स्थापना


पोखरा – पोखरा महानगरपालिका वडा नं. २८ सुर्केमैदानमा स्वर्गिय बलराम अधिकारीको चौधौँ स्मृति दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएकाे हाे । सुर्के मैदान सिर्जनशिल क्लबको आयोजनामा स्मृति दिवस कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा अवसरमा स्वर्गिय अधिकारीको परिवारको तर्फबाट ५५ हजार ५ सय रूपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गरे । उनकाे परिवारको समन्वयमा सुर्के मैदान सिर्जनशिल क्लबको माध्येमबाट हरेक वर्ष स्मृति दिवसको दिनमा कार्यक्रमको आयोजना गरिनेछ । साेही कार्यक्रममा हरेक वर्ष एकजना सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्क्तिलाई नगद सहित सम्मान गरिने स्वर्गिय अधिकारीका भाई नारायण प्रसाद अधिकारीले जनाए ।

कार्यक्रममा अग्रज तुलसी प्रसाद भण्डारी, क्लबका वरिष्ठ उपाध्यक्ष नवराज पौडेल, कार्यक्रम संयोजक एवं सल्लाहकार युवराज पौडेल, कोषाध्यक्ष दिनेश लामिछाने आदीले बोलेका थिए ।

सामाजिक क्षेत्रमा क्रियाशिल स्व.अधिकारीको ३० वर्षको उमेरमा २०६२ साल जेठ २४ गते निधन भएको थियो । तत्कालिन कालिका गाउँ विकास समितिमा हुने सामाजिक कार्यमा अधिकारीको ठुलो योगदान रहेको छ । युवा अव्स्थामानै उनी सामाजिक कार्यमा लगाव राख्थे । उनको जोशले सबैलाई हौस्याउदथ्यो पनि । उनी केहि सयम आध्यात्मिक क्षेत्रमा पनि लागे । पछि उनी विरामी भए । र ३० वर्षको अल्पआयुमानै उनको दुखद निधन भएको थियो । सुर्के मैदानमा वाचनालय सञ्चालन गर्ने उनको सपना थियो । अन्नपुर्ण वाचनालयको भवन निर्माण गर्ने क्रममा उनले अगुवाई पनि गरे । वाचनालय केहि समय सञ्चालनमा आए पनि निरन्तरता पाउन सकेन ।

अब वाचनालयलाई क्लबले नियमित रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको क्लबका अध्यक्ष राजाराम पौडेलले बताए । ‘उहाँको सपनाको वाचनालयलाई हामि छिट्टै सञ्चालनमा ल्याउनेछौँ, हरेक वर्ष उहाको स्मृतिमा कार्यक्रम गरी एकजनालाई सम्मान गर्नेछौँ’ पौडेलले भने ।