स्याङ्जा सहयोग समाज युएईको पाँचौ अधिबेशन सम्पन्न


युएई । स्याङ्जा सहयोग समाज युएईको पाँचौ अधिबेशन शुक्रबारका दिन युएईको वर दुबई स्थित लुम्बिनी गेस्ट हाउसको हलमा प्रेमराज भण्डारीको अध्यक्षतामा आगामी दुई वर्षको लागि २३ सदस्यीय नयाँकार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

समितिको उपाध्यक्षमा थमनसिंह रानाभाट, नारायण डुम्रे, महिला उपाध्यक्षमा सविना पराजुली, महासचिवमा जीवन पंगेनी, सचिवमा बिष्णु गैह्रे र नारायण न्यौपाने, कोषाध्यक्षमा चोभाकान्त डुम्रे, सह–कोषाध्यक्षमा यामप्रसाद पाण्डे, प्रबक्तामा फर्सुराम भण्डारी र सदस्यहरुमा सुस्मिता खड्का, अग्निधर भट्टराई, मिनाकुमारी गैह्रे, रुपा न्यौपाने, पिताम्बर अर्याल, गोपाल भट्टराई, यसोदा पराजुली, प्रदीप भट्टराई, मित्रलाल पाण्डे, ठगिन्द्र खनाल (सन्दीप) लक्ष्मी केसी, जीवन पाठक र बिजय डुम्रे रहेका छन ।

स्याङ्जा सहयोग समाजका परिकल्पनाकार राजेश दर्शन अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पाचौ अधिबेशनले कार्यसमितिलाई सर्बसम्मत निर्वाचत गराएको छ ।

सो अवसरमा संस्थाका महासचिव ओमकार पोख्रेलले दुई वर्षसम्म समितिले गरेको कार्यहरु प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष दिपक न्यौपाने प्रस्तुत गरेका थिए । कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ष्ट्रिय समन्वय समितिका महासचिव ख्याम काफ्ले, संस्थापक उपाध्यक्ष एकेन्द्र बहादुर थापा र सदस्य मनु क्षेत्रीले शुभकामना ब्यक्त गरेका थिए ।

अधिबेशन सम्पन्न गर्न संस्थाका पुर्व महासचिव लक्ष्मण खनालको संयोजकत्वमा एकेन्द्र थापा तथा रामबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।