दरबारथोकका महिलाहरुलाई उद्घोषण तथा नेतृत्व विकास तालिम


पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक टोलम रहेका महिलाहरुलाई चण्डिका आमा समुहको आयोजनामा ३ दिने उद्घोषण तथा नेतृत्व विकास प्रशिक्षण तालिम सम्पन्न भयो ।

कार्यक्रममा वडा सदस्य राममाया मानन्धरले महिलाहरुलाई विभिन्न किसिमका तालिमहरु दिई सक्षम वनाउन सकेमा घर, परिवार र समाज सक्षम हुने वताउनु भयो ।

त्यस्तै अर्का वडा सदस्य गीता चम्राकारले आफुले सिकेको सिप आफुमै सिमित नराखी अरुलाई सिकाउन सकेमा आफुले पनि जान्ने अवसर पाउने वताउनु भयो ।

समापन कार्यक्रममा रेडियो गोर्खालीकी स्टेशन म्यानेजर तथा प्रशिक्षक खिमा गुरुङ, संस्थापक अध्यक्ष सरस्वती कोईराला, सल्लाहकार पुष्पा आचार्य, दरबारथोक एड्भरटाईजिङ एजेन्सीका कृष्ण रानाभाटले वोल्ने कलामा दक्ष बन्न वेलावेलामा तालिमहरु लिनु पर्ने तथा तालिम लिँदा समुहलाई पनि फाईदा हुने किसिमले लिनु पर्ने वताउनु भयो ।

आमा समूहको आफ्नै खर्चमा समूहमा आवद्ध दिदिबहिनिलाई उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी समूहका ३५ जना सदस्यहरुले पालैपालो आफुले तालिमबाट सिकेको कुराहरु निर्धक्क भएर वोलेका थिए ।

आमा समूहकी अध्यक्ष विमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गंगा सुवेदीले र संचालन सचिव सीता नेपली र सदस्य देवि सिग्देलले गर्नुभएको थियो ।