गण्डकी बैंकद्धारा महिलाहरुलाई सिपमूलक तालिम


पोखरा । गण्डकी विकास बैंक लि.ले पोखरा महानगरपालिका वडा नं. ५ का महिलाहरुको सिप अभिबृद्धि गर्नको लागि ७ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ ।

तालिममा सहभागी महिलाहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, प्रशिक्षक तथा जेष्ठ महिलाद्धारा संयुक्त रुपमा प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले महिलाहरुले सिपमूलक तालिम मात्र लिएर नभई त्यसबाट सिकेको सिप तथा ज्ञान आत्मनिर्भर र स्वरोजगार तर्फ लगाउन अनुरोध गरेका थिए । त्यसका लागी आवश्यक परेमा बैंकले वित्तिय सहयोग समेत प्रदान गर्ने वताए ।

कार्यक्रममा जेष्ठ महिला तथा समाजसेवी शुभद्रा कोइराला, स्वस्तिक हस्तकलाकी प्रोपाइटर रिता गुरुङ्ग, प्रशिक्षक लक्ष्मी शर्मा तथा सहभागिका तर्फबाट कल्पना क्षेत्री र पार्वती देवी कोइरालाले आफ्नो मन्तव्य राख्दै तालिमले महिलाहरुलाई स्वरोजगारमा लाग्न उत्पे्ररित गरेकोमा बैंक परिवारलाई धन्यवाद दिएका थिए ।

सो कार्यक्रममा स्वागत मन्तव्य बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल राखेका थिए भने कार्यक्रम सञ्चालन पस्र्याङ्ग शाखाका प्रमुख प्रमोद ओझाले गरेका थिए ।