टरिजा मेसँग प्रधानमन्त्री ओलीको भेटबार्ता


बार्सिलोना। बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। गत साता सत्तारूढ दलको नेताको पदबाट राजीनामा दिएकी मेलेसँग मङ्गलवार दिउँसो लन्डनमा प्रधानमन्त्री ओलीको भेटबार्ता  गरेका हुन्।

भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी तथा भूतपूर्व गोर्खा सैनिकहरूका गुनासा लगायत बिबिध विषयहरूबारे छलफल भएको बताईएको छ। भेटमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली,परराष्ट्र सचिव शंकरदास बैरागी,बेलायतस्थित नेपाली राजदूत  डा. दुर्गाबहादुर सुबेदी लगायतको सहभागिता रहेको थियो।

यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग पनि भेटबार्ता गरेक। थिए।

यसैबीच प्रधानमन्त्री ओलीसँग गैरआबासीय नेपाली संघका पदाधिकारीहरुले छलफल गर्दै ज्ञापनपत्र बुझाएका थिए। संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले गैर आबासीय नेपालीहरुलाई प्रदान गरिने नागरिकताको संबिधानमा ब्यबस्था गर्दै गर्दा केहि कठिनाइहरु भएको भन्दै प्रधानमन्त्री ओलीलाई संघको तर्फबाट ज्ञापनपत्र बुझाएका थिए।

प्रधानमन्त्री ओलीसँग ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरूले आफ्ना गुनासा राख्दै छलफल गरेका छन्। भूतपूर्व गोर्खा सैनिकहरूले निवृत्तिभरण आदि विषयमा भेदभाव भएको बताउँदै आएका छन्। तस्बिर सौजन्य:- चिरन शर्मा