प्रधानमन्त्रीको बेलायत भम्रण :- को कोसँग भयो भेटवार्ता ?


लन्डन— बेलायत भ्रमणको दोश्रो दिन प्रधानमंत्री केपी शर्मा ओली दिनभरि व्यस्त रहे।मंगलबार बिहान उनले ब्रिटिश राजकुमार ह्यारीसंग भेट गरे। भेटघाटमा उनले नेपालमा भूकम्प पछि सन् २०१६ मा पुनर्निर्माणको काममा सघाएकोमा राजकुमार ह्यारीको प्रशंसा गरेका थिए। त्यस पछि टेन डाउनिंग स्ट्रिट पुगेका ओलीले ब्रिटिश प्रधानमंत्री टेरेसा मेसंग छोटो कुराकानी गरे।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वार्तामा यसपटक प्रविधि हस्तान्तरण र लगानीका क्षेत्रमा सहयोगमा जोड दिइएको बताए । बैठकमा प्रधानमंत्री ओलीले भूतपूर्व गोर्खा सैनिकहरुको मागबारे ध्यान दिन ब्रिटिश प्रधानमंत्रीलाई आग्रह गरेका थिए। जवाफमा श्रीमती मेले आफ्ना उत्तराधिकारीलाई यसबारे जानकारी गराउने बताएकी थिइन्।

मंगलबार दिउँसो प्रधानमंत्री ओलीले ब्रिटिश संसदमा गएर अल पार्टी पार्लियामेंटरी ग्रुप अन नेपालका सदस्यहरुसंग भेट गरेका थिए। त्यस पछि उनी मध्य लन्डनस्थित बीबीसीको मुख्यालय पुगेर प्रत्यक्ष अन्तर्वार्ता दिएका थिए।

यसअघि मंगलबार बिहान उनले लन्डनस्थित नेपाली दूतावासमा भूतपूर्व गोर्खा सैनिक अगुवाहरु, एनआरएन अगुवाहरु, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, नेप्लिज डेमोक्र्यातिक फोरम युके, रोयल बोटेनिक गार्डेन एडिनबराका प्रतिनिधिहरुलाई छुट्टाछुट्टै भेटेका थिए।

 गैर आवासीय नेपाली संघ युकेको एक प्रतिनिधिमण्डलले प्रधानमंत्री ओलीलाई उनले नेपालको  प्रजातान्त्रिक आन्दोलनमा पुराएको योगदानको कदर गर्दै बेलायतवासी नेपालीहरुको तर्फबाटनागरिक अभिनन्दन गर्यो ।

सो कार्यक्रममा एनआरएन आइसीसीका  उपाध्यक्ष  कुल आचार्यले  नेपालमा लगानी भित्राउन गैरआवासीय नेपाली संघले  नेपाल सरकारसंग सहकार्य गरिरहेको बताए। उनले हाल संसदमाविचाराधीन नागरिकता सम्बन्धि विधेयकमा रहेको गैर आवासीय नेपाली नागरिकताको प्रावधानलाइ छिटो, छरितो र झन्झट मुक्त बनाउन आग्रह गरे। 

उपाध्यक्ष आचार्यले ”एक पटकको नेपाली संधैको नेपाली” भन्ने मूलमन्त्र अनुरुप भावी पुस्तालाई पनि नेपालसंग जोडी राख्न गैर आवासीय नेपाली नागरिकता ऐनलाई उदार र व्यवहारिक बनाउन आग्रह पनि गरे।

एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले ब्रिटिश सेनाबाट  सेवानिवृत्त गोर्खा सैनिकहरुको समानपेन्सन लगायतका समस्या समाधान गर्न बेलायत सरकारसंग उच्चस्तरीय वार्ता टोलि बनाउन  पहल गर्न, गोर्खा सैनिकहरु त्रिपक्षीय सन्धि अनुसार बेलायत आएको हुँदा उहाँहरुको नागरिकताको विषयलाई अलगढंगले सम्बोधन गर्न आग्रह गरे।   

त्यस्तै उनले  गैर आवासीय नेपाली नागरिकता विदेशस्थित नेपालीदूतावासबाट  वितरण हुने व्यवस्था मिलाउनर “भिजिट नेपाल इएर २०२०” कोप्रवर्द्धन गर्न जति सक्दो चांडो  नेपाल वायु सेवा निगमको  लन्डन-काठमाडौँ  सिधा उडानको व्यवस्थामिलाउन पनि माग गरे। 

भेटघाट कार्यक्रममा एनआरएन युकेका  उपाध्यक्षहरु शेर सुनार, प्रेम गाहा, पुनम गुरुङ, ललित न्यौपाने, सुशीला  राई, महासचिव राजकुमार त्रिपाठी, एनआरएन आइसीसीका सल्लाहकार डा हेमराज शर्मा,सुरेन्द्र श्रेष्ठ, प्रवक्ता रमेश सिंह सारंगकोटी,संगीता मरहट्टा लगायतको सहभागिता थियो। 

उक्त समारोहमा एनआरएन युकेले प्रधानमंत्री लगाएत भ्रमण टोलिका सम्पूर्ण सदस्यहरुलाई मायाको चिनोस्वरुप एनआरएन युकेको ब्याच लगाईदिएको थियो।तस्बिर सौजन्य:- चिरन शर्मा /एभरेष्ट गौतम