बन्दुक देख्दा नर्तसिनेहरु खुकुरी देख्दा तर्सिन्थे : प्रधानमन्त्री ओली


बार्सिलोना।प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा सैनिकको प्रशंसा गरेका छन् । लण्डन दूतावासमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै बन्दुक देख्दा नतर्सिनेहरु खुकुरी देख्दा तर्सिने गरेको भन्दै गोर्खा सैनिकको प्रशंसा गरेका हुन् ।

। ‘नेपालीहरु बहादुर थिए, गोर्खा सैनिकको बहादुरीका कारण बन्दुक देख्दा नर्तसिनेहरु खुकुरी देख्दा तर्सिन्थे’ बृटिश गोर्खा सैनिनकको प्रशंसा गर्दै उनले भने । उनले थपे ‘गोर्खा सैनिकको बहादुरीका कारण यो सम्भव भएको हो’ ।

सम्बोधनकै क्रममा प्र्रधानमन्त्री ओलीले नेपालीहरु विर छन् भन्ने् थाहा पाउने पहिलो देश व्रिटेन भएको बताए । ‘नेपालीहरु विर छन् भन्न् थाहा पाउने व्रिटेन हो, वृटिश गोरखामा नेपाली आएपछि बल्ल दुनियाले थाहा पाएका हुन्’ उनले भने ।
बेलायत नेपालको पुरानो औपचारिक मित्र भएको उनले जनाए । यो मित्रता औपचारिक रुपमा सन् १८१६ बाट शुरु भएपनि नेपालीले वृटिश सेनामा सो भन्दा एक वर्ष अगाडीबाटै काम गर्न थालेको उनले प्रष्टाए ।

‘नेपालको सबैभन्दा पहिलो राजदुतावास ब्रिटिसकै थियो, जतिबेला कुटनितिक सम्बन्धको इतिहास आजको जस्तो थ्रिगिएको थिएन’ ओलीले भने ।
आगामी दिन बेलायत र नेपालको सम्बन्ध झनै सुदृढ बन्नमा आफु विश्वस्त भएको उनले बताए । भम्रणका क्रममा विभिन्न ठाउँमा पुग्ने, नेपालीलाई भेट्ने, विभिन्न मिडियामा अन्र्तवार्ता दिने मौका पाएको भन्दै उनले खुशी व्यक्त गरे । नेपाललाई विभिन्न तरिकाले सहयोग गर्ने प्रति उनले आभार प्रकट गरे । ‘म धन्वाद दिन चाहन्छु विभिन्न सहयोगकको लागि’ उनले भने ।

२०३ वर्षदेखिको सम्बन्ध भएपनि विगत लामो समयदेखि नेपालका प्रधानमन्त्रीको बेलायतमा औपचारिक भ्रमण हुन सकेको थिएन । लामो समयपछि औपचारिक रुपमा प्रधानमन्त्रीको भ्रमण भएको हो । यसले सकारात्मक उर्जा थप्ने ओलीको विश्वास थियो ।
बेलायतमा नेपाली बोल्ने विदेशी देख्दा आफुलाई गर्व महशुस भएको उनले सुनाए । ‘नेपालीमा बोल्नु, हाम्रा निम्ति खुशीको कुरा हो, गौरवको कुरा हो’ ओलीले भने ।
बेलायत अप्ठ्यारो परिस्थितको साथी समेत हो । सन् २०१५ को भुकम्पका क्रममा पु¥याएको सहयोग प्रति संकेत गर्दै उनले भने । नेपाल र बेलायतबिचको सम्बन्ध बहुआयामिक ढंगले अगाडी बढेको उनले बताए ।

बेलायतमा रहने नेपालीको तारिफ समेत प्रधानमन्त्री ओलीले गरे । नेपालीहरु जहाँ पुग्छन् तहाँ हावापानी संस्कृती रितिरिजाव लाई सम्बोधन गरेर बस्छन्, त्यहाका मानिसको सहयोगी भएर बस्छन्, यो नेपालीको विशेषता हो । उनले भने । बृटिश गोर्खासँगै बेलायतमा बसोबास गर्ने नेपालकिो तारिफ गरे ।
‘विदेशमा दूई कारणले आइन्छ, एउटा सिप सिक्न, अर्को धन कमाउन, यहाँबाट सिप सिक्ने हो, सिक्नेकुरामा नेपाली अगाडी छन्’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबिचको सम्बन्धलाई मजबुत बनाउन मद्दत पु¥याएको परराष्टमन्त्री प्रदिप ज्ञवालीले प्रतिक्रिया दिए । गैर आवासिय नेपाली संघले नेपालको विकासमा पु¥याएको योगदानको परराष्ट्रमन्त्री ज्ञवालीले तारिफ गरे ।
आफ्नो देशका प्रधानमन्त्रीलाई भेट्न पाउदा तथा सम्बोधनका क्रममा उनले गरेका वाचाको कारण आफुहरु उत्साहित भएको सहभागीहरुको भनाइ थियो ।