प्रधानमन्त्रीले शामोनीमा चढे केवलकार, शामोनीबाट नेपालले के सिक्ने ?


बार्सिलोना – पहिलोपटक सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका फ्रान्सेली नागरिक मौरिस हर्जोग। उनि कुनैबेला फ्रान्सको हिमाली क्षेत्र शामोनी-मो ब्लाक नगरपालिकाका मेयर पनि थिए। सोहि नगरपालिकाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा शुक्रबार दिउँसो एक कार्यक्रमको आयोजना गर्यो।

पर्वतारोहण गतिविधिका लागि प्रसिद्ध फ्रान्सको हिमाली क्षेत्र शामोनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हर्जोगको सम्झना गरे। उनको सफल आरोहणपछि मात्र विश्वमा हिमाल चढ्ने क्रम बढेको भन्दै प्रधानमन्त्री ओलीले प्रंशसा गरे। लियोन फ्रान्समा १५ जनवरी १९१९ मा जन्मेका हर्जोगको १३ डिसेम्बर २०१२ मा निधन भएको थियो ।

नेपाल र फ्रान्सबीचको सांस्कृतिक सम्बन्धको चर्चा गर्दै हिमाल आरोहण गर्ने फ्रान्सेली नागरिकहरुप्रति आभार प्रकट गरे। सो अबसरमा शेमोनीका मेयर एरिक फुर्नियमार्फत प्रधानमन्त्री ओलीलाई आइस एक्स उपहार दिईयो।

नेपाल -फ्रान्स कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औ बर्षगाँठको अबसरमा गुडविल एम्ब्यासडर (सद्वावना दूत) बनेकी पूर्व मिस नेपाल शृखंला खतिवडाले फ्रान्सेली नागरिकहरुलाई नेपालभ्रमण गर्न अनुरोध गरिन्।

प्रधानमन्त्रीले शामोनीमा चढे केवलकार ;

प्रधानमन्त्री ओलीसहितको नेपाली टोलिले शेमोनीमा रहेको उच्च प्रबिधिको केबुलकारको समेत यात्रा गरे। मौसम प्रतिकुलका कारण केवलकारवाट उचाईमा पुगेको नेपाली टोलि केहिसमय रोक्किएको थियो।

शामोनी शहर फान्स इटाली र स्वीट्जरल्याण्डको सिमानामा पर्दछ। साथै यो युरोपको सबैभन्दा ठुलो हिमालको फेदिमा पर्ने ठाउँ पनि हो। यहाँ स्कीका लागि, हिउँमा गएर चिप्लेटी खेल्नका लागि पूर्वाधारहरु विकास गरेको छ ।

हिमाली क्षेत्रमा पर्यटकहरुलाई कसरी आकर्षण गर्न सकिन्छ भन्ने उदाहरण शेमोनीमा देख्न सकिन्छ। तसर्थपनि नेपाली भ्रमणटोलिले यसलाई निकै चाखपूर्वक अबलोकन गरेको बुझिएको छ।

फ्रान्सनिबासी निर्मल अर्यालका अनुसार हिमाल आरोही शेर्पाहरु यहाँ पुगेर स्की सिक्ने गरेका छन्। उनि भन्छन्,” सन् १९८२ देखि इपोले भिलार फाउण्डेसन सुरु भएदेखि हालसम्म ३ सय नेपाली गाईडहरुले तालिम लिईसकेका छन्। अन्तराष्ट्रिय लेभलको सर्टिफिकेटका लागि स्की आवश्यक पर्ने हुदाँ यहा तालिम लिन आउने गरेको पाईन्छ।” सन् १९८२ देखि फाउण्डेसन मार्फत तालिम दिन थालिएको अर्याल बताउँछन्।

शामोनीबाट नेपालले के सिक्ने ?

वास्तवमा पर्यटन विकासका लागि सबैभन्दा महत्वपूर्ण आधार नै पूर्वाधारको विकास हो। हवाइमार्ग, रेल मार्ग वा स्थलमार्ग पर्यटकहरु आउनका लागि सहज हुनुपर्दछ। रेल तथा स्थलमार्गको संजालले प्रमुख शहरहरुसँग जोडिएको छ। पयर्टकहरु आइसकेपछि पनि घुम्ने स्थलहरु, आवास तथा खानपिनका लागि होटल तथा रेष्टुरेन्टहरु,अपार्टमेन्टहरुको राम्रो ब्यबस्था हुन जरुरी छ। पर्यटकलाई आकर्षित गर्ने साहसिक खेलहरु सुरक्षित हुन जरुरी छ।

फ्रान्सले शामोनीजस्तै थुप्रै हिमाली क्षेत्रहरुमा पूर्वाधारको राम्रो विकास गरेको छ। निकै उचाईसम्म केवलकारहरुको निर्माण गरी पर्यटकहरु सहजै पुग्न सक्ने पूर्वाधारको बिकास गरेको छ। नेपाल पर्यटन बोर्डले दिएको तथ्याङ्क अनुसार गत बर्ष करिव १० लाख पर्यटकहरुले नेपालको भ्रमण गरेका छन्। एक जना पर्यटकले औसत १२ दिन नेपाल बिताएका छन् भने दैनिक ५३ डलर खर्च गरेको तथ्याङ्कमा उल्लेख छ। अहिले हामी बढी काठमाडौ उपत्यका,पोखरा, चितवन लगायतका प्रमुख गन्तब्यमा मात्र बढी केन्द्रित छौ। ती क्षेत्रहरुलाइ पनि गुरुयोजना बनाएर अझ व्यबस्थित बनाउन सकिन्छ। पर्यटकहरुको बसाई अलि लम्बाउने वातावरण तय गर्न सकेमा पनि उनीहरुले बढी खर्च गर्न सक्छन्।

अर्को तर्फ मुख्य चुनौती भनेको नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्नु पनि हो। मध्यपश्चिममा, सुदुर पश्चिममा पर्वतारोहण लगायत अन्य पूर्वाधारहरुको विकास हुन सकेको छैन। बढी चिनिएका ठाउँमा मात्र हैन नयाँ सम्भावित गन्तब्यहरुमा पनि जोड दिन सक्नुपर्छ।