कांग्रेस बिश्वभेलाको लागि उपसभापति बिमलेन्द्र निधि सहित नेता मिनेन्द्र रिजाल डेनमार्कमा ।


कोपनहेगन,
नेपाली कांग्रेसको आयोजनामा कांग्रेसको नीति प्रशिक्षण तथा अध्ययन अनुसन्धान प्रतिस्ठान द्वारा गर्न लागिएको विश्वभेलाको लागि नेपाली कांग्रेसक नेताहरु डेनमार्क आउने क्रम शुरु भएको छ । जनसम्पर्क समिति डेनमार्कले कार्यक्रमको तयारी तीव्र रुपमा अगाडी बढाउँदै गर्दा कांग्रेस नेताहरु डेनमार्क आइ पुगेका हुन् ।

कांग्रेस उपसभापती बिमलेन्द्र निधिलाई स्वागत गर्दै जनसम्पर्क समिति डेनमार्कका सभापती बिरेन्द्र सिंह कार्की

पसभापती निधि र नेता रिजाल लाइ जनसम्पर्क समिति डेनमार्कका सभापती विरेन्द्र सिंह कार्की लगायत जनसम्पर्क समिति डेनमार्कका पदाधिकारीहरुले कोपनहेगन एयरपोर्टमा स्वागत गरेका थिए ।

विदेश स्थित भात्री संस्था नेपाली जनसम्पर्क समितिहरुका ३३ देशका प्रतिनिधीहरुको भेला डेनमार्कको राजधानी कोपनहेगनमा यहि जुन २१, २२ र २३ गते हुँदै छ जहाँ जनसम्पर्क समितिका प्रतिनिधीहरुलाई प्रशिक्षण समेत हुनेछ । उक्त भेला तथा प्रशिक्षणमा अमेरिका, बेलायत देखि अस्ट्रेलिया लगायत मिडल इष्ट कोरिया साथै हंगकंग बाट प्रतिनिधी एवं पर्यवेक्षकहरु आउने छन् ।

कांग्रेस नेता मिनेन्द्र रिजाल

जनसम्पर्क समिति डेनमार्कले जनाए अनुसार नेपालबाट आउने सम्पूर्ण कांग्रेस नेताहरुको भिसा समेत आइ सकेको र जहाजको टिकट समेत भै सकेको छ । सबै नेताहरु यहि जुन २० अर्थात् जेष्ठ गते बिहान कोपनहेगन आइपुग्ने छन् ।
उक्त भेलामा कांग्रेस महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्व प्रकाश शर्मा, नेताहरु धनराज गुरुङ्ग, राम शरण महत, भिष्म राज आङ्गदम्बे लगायत आउने छन् ।

बिश्व भेला एवं प्रशिक्षणको लागि जनसम्पर्क समिति डेनमार्कले तयारी तीव्र पारेको छ । कोपनहेगनको मध्य भागमा अवस्थित रिचमण्ड होटेलको सभागृहमा आयोजना हुने कार्यक्रमको समग्र खाका अन्तीम चरणमा पुगेको प्रचार प्रसार समिति संयोजक प्रकाश ढकालले बताएका छन् । पाहुनाहरुको स्वागत देखि, खानाको व्यबस्थापनमा जनसम्पर्कका तयारी समितिहरु निकै सक्रिय भएर लागेका छन् । भेलामा सहभागी हुने सबैको लागि खानाको व्यवस्था मिलाइएको जनासपर्क समिति डेनमार्कका निवर्तमान सभापती नवीन आचार्यले जानकारी दिए ।

नेपाली कांग्रेसको यस विश्वभेलालाइ निकै महत्वका साथ् हेरिएको छ । पछिल्लो समय पार्टीको स्थिति अलि रक्षात्मक बनेको बेला आयोजना हुँदै गरेको यो कार्यक्रम निकै महत्वका साथ् हेरिएको छ ।