शिशुवामा उद्यमशिलता विकास तालिम सम्पन्न


पोखरा । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आयोजना तथा संरक्षण विकास फाउण्डेशनको सहआयोजनामा दिपाङ ताल पुर्वाधार विकास तथा संरक्षण समिति पोखरा २७ को आग्रहमा जेठ २० देखि ३० गतेसम्म ११ दिन लेखनाथको शिशुवामा उद्यमशिलता विकास तालिम सम्पन्न भयो ।

तालिमको मुख्य उद्धेश्य तालको पानीढलो क्षेत्रका वासिन्दाहरुलाई उद्यमशील क्षमता विकास गरी नौलो तथा नविनतम व्यवसायमा संलग्न गराउनु रहेको थियो ।

तालिममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान गण्डकी प्रदेशका का.मु. निर्देशक रामप्रसाद तिवारी र सोही कार्यालयका वरिष्ठ अधिकृत समिता श्रेष्ठले सहजीकरण गरेका थिए ।

सो तालिमा पोखरा २७, २८, ३० र ३२ वडाका २४ जनाको सहभागिता रहेको थियो जस्ले स्थानिय कुखुरा पालन, प्लम्बिङ, होम स्टे, होटल, रेष्टुरेण्ट, सिलाई तथा वुटिक, दुग्ध उत्पादन, कम्प्युटर, वेव डिजाईन आदि १३ प्रकारका व्यवसायगर्नका लागि विसतृत व्यवसायीक योजना तयार गरेका थिए ।

प्रशिक्षार्थीहरलाई कार्यक्रमका प्रमुख अतिथि वडा नं. २७ का वडा अध्यक्ष पुर्णकुमार गुरुङ र प्रतिष्ठानका का.मु. निर्देशक तिवारीले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा दिपाङ तालपुर्वाधार निर्माण समितिका उपाध्यक्ष समाजसेवी चतुराखर अधिकारी, सचिव वोधराज लामिछाने, समिता श्रेष्ठ, सहभागी पवित्रा अधिकारी, विजय भुजेल र होमबहादुर गुरुङले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन युवराज पौडेलले गरेका थिए ।