हाइकर्स क्लब नेपालको हाईकिङ्ग अष्टे«लियन बेसदेखी धम्पुुससम्म


कास्की । हाइकर्स क्लब नेपाल पोखराको आयोजनामा शनिबार अष्ट्रलियन बेस क्याम्प सम्मको एक दिने हाईकिङ कार्यक्रम सम्पन्न भएको छ ।

कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नम्बर ३ काँडेदेखी सुरु भएको हाईकिङ्ग अष्ट्रलियन बेस क्याम्प, पोथना हुदै माछापुच्छ« गाँउपालिका वडा नम्बर ७ फेदीमा पुगेर सकिएको हो । पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ आयोजना गरिएको हाईकिङ्गमा १५ किलोमिटरको लामो दुरी हिडेर करिव ६ घण्टामा हाईकिङ्ग पुरा गरेको हो ।

हाईकिङ गर्दै हिडेपछि त्यहाको प्रकृति, गाँउ ठाँउको चालचलन, भेषभुषाहरुकोे प्रचारप्रसारमा सहयोग पुग्ने हाईकर्स क्लब नेपाल, पोखराका उपाध्यक्ष कृष्ण रानाभाटले बताए ।

हाईकिङ स्वास्थ्यको दृष्टिकोणका हिसावले फाईदा हुनुका साथै साथीभाई विच भाईचारा कायम र अनुभवहरु साटासाट गर्दै स्थानीय पर्यटनको प्रवर्दधनमा मद्दत पुग्ने हाईकिङमा सहभागि सञ्चारकमी तथा व्यबसायी कृष्ण क्षेत्रीले बताए ।

हाईकिङको टोलीमा पर्यटन व्यवसायी, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु, पत्रकारहरु र बिद्यार्थीहरु गरी २० जनाको सहभागिता रहेको थियो । पोखरामा एक दिने हाईकिङ अनिवार्य भइसकेकोले अब नियमित गर्ने योजना अनुसार आगामी असार २८ गते काहँुडाँडामा हाईकिङ्ग गर्ने निर्णय गरिएको हाईकर्स क्लब नेपाल, पोखराका उपाध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए ।