कृष्णटोल आमा समूहको अध्यक्षमा केसी


पोखरा । पोखरा महानगरपालिका वडा नं. ९, कृष्ण टोलमा रहेको कृष्णटोल आमा समूहको पाचौँ साधारण सभा तथा दोश्रो अधिवेशनले रुपा केसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरी शनिबार सम्पन्न भएको छ ।

समुहको उपाध्यक्षमा धनश्री कामी, सचिवमा सीता तामाङ, सहसचिवमा सुनिता राना, कोषाध्यक्षमा माया दर्जी र सदस्यमा सावित्री विक, लक्ष्मी विक, कमला तिवारी, शारदा सुनार, सविना विक र सन्त माया क्षेत्री चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले गरेका थिए । सो अवसरमा वडासचिव लोकदर्शन कोइराला, टोलविकास संस्था वडा समन्वय समिति ९ का अध्यक्ष उत्तम जोशी, वडामहिला समन्वय समिति पोखरा ९ की अध्यक्ष दिलमाया गुरुङ, कृष्णटोल विकास समितिका अध्यक्ष लेखुराम खती, वडा नागरिक मञ्चकी संयोजक सरस्वती श्रेष्ठ सरुलगाएतले शुभकामना व्यक्त गरेका थिए ।

सभामा सचिवको प्रतिवेदन सचिव रुपा के.सी र कोषाध्यक्षको आर्थिक प्रतिवेदन राममाया गुरुङले प्रस्तुत गरेका थिए । उत्तम जोशीको संयोजकत्व तथा लेखुराम खती र दिलमाया गुरुङको सदस्य रहेको निर्वाचन समितिले समितिको निर्वाचन सम्पन्न गरेको थियो । निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

समूहकी अध्यक्ष गोमादेवी पराजुली (तामाङ)को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्य समितिका उपाध्यक्ष आइतीकुमारी तामाङले र संचालन सचिव रुपा केसीले गरेकी थिईन ।