गुठी विधेयक नयाँ सिराबाट ल्याउनुपर्छ : प्रचण्ड


पोखरा – नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य विना ल्याएको गुठी विधेयक सरकारले फिर्ता गरेको बताएकाछन्। प्रेस संगठन नेपाल कास्कीले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष प्रचण्डले सरोकार वाला निकायसंग प्रयाप्त छलफल र विना आएको गुठी विधेयक सरकारले समयमै जनताको सेन्टीमेन्ट बुझेर फिर्ता गरेको बताएका हुन्।

उनले भने “ गुठी विधेयकको बिषयमा सवैलाई समयमै बुझाउने कुरामा केही कमि रह्यो, त्यहाँ के छ भन्ने तर्फ हेर्नुभन्दा पनि विधेयक भित्र यथार्थमा के चाहि चिज छ भन्ने भन्दा पनि एउटा सेन्टिमेन्ट जस्तो आउने र सेन्टीमेन्टमा कुद्ने स्थिती पनि बन्यो, अर्को तर्फ विधेयक निर्माणको क्रममा सरोकार निकायसंग सल्लाह गरेर उनीहरुको राय सुझाव लियर पार्टी र सरकार भित्र पनि प्रयाप्त गृहकार्य विधेयक ल्याउनु पर्नेमा अपुग पनि देखा पर्यो । ” एकतर्फ गृहकार्यमा कमि अर्को तर्फ ल्याएका विधेयकको ठिक ढंगले बुझाउने कमिले गर्दा एक प्रकारको सेन्टीमेन्ट जस्तो देखिएलगतै सरकारले समयमै जनताको सेन्टीमेन्ट बुझेर जनभावनालाई सम्मान गरेर गुठी विधेयक फिर्ता लिएको अध्यक्ष प्रचण्डले प्रष्ट पारे । केही गु्ठीहरु जनता र कृषकहरुको हितमा नभएकोले गर्दा अब गुठी विधेयक नयाँ सिराबाट ल्याउनुपर्ने उनले बताए । पेलेर जाने भन्ने कम्यिुनिष्ट सरकारको निती नभएको बताउदै उनले मिडिया काउन्सिल विधेयक पनि संसोधन हुनु पर्नेमा जोड दिए ।

उनलेभ ने “पार्टी संचालनको बारेमा पनि र सरकार संचालनको बारेमा पनि हामीले पार्टी एकताको प्रकृयामा गरेका सहमती समझदारी हस्ताक्षर गरे पछि मैले वोल्नु भन्दा पहिले सार्वजनिक भइसकेका थिए । ” यहाँ कोहि खेल्न खोजेको उनको आरोप छ । उनलेभने “पहिला मैले आलोपालो भने पनि पाचै बर्ष भन्ने कुरा पनि सत्य होइन, हिजो जेसुकै सहमती भएको भए पनि अब बदलिएको नयाँ परिस्थितीमा सहमतीले पाचै बर्ष सरकार जान्छ जान सक्छ भन्न्ने कुरा पनि त्यही वेला भनेको छु । ”
आफुले भनेको कुरा चाहि मिडियामा र बाहिर चर्चा विल्कुलै नगरि बंगायर अर्को एउटा पाटोलाई मात्र गर्दा आफ्नो चुरो कुरो भाचिएको र गलत भएको अध्यक्ष प्रचण्डको ठम्याइछ । यस अघि यो सरकार ५ बर्ष चल्ने कुरा केही मिडियामा समेत चर्चा गरी सकेको उनले प्रष्ट पारे ।

पार्टी एकता प्रकृयालाई अन्तिम चरणमा पुगको उनले बताए । उनले भने “केन्द्रिय समितिको कार्यविभिजन, आयोगहरु, केन्द्रिय संरचनाहरु बाँकी रहेका बनाउने कुरा अन्तिम चरणमा छ, हिजो मात्रै पनि प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटवार्ता भएको छ अब ठुलै धक्का दिएर सवै टुंगाउने गरी जाने भन्न्ो कुरा भएको छ । ” पोखराबाट फर्किए लगतै छलफल गरी पर्सि सचिवालयमा बसेर यसलाई समापन गर्ने तर्फ आफुहरु लाग्ने उनले जनाए । प्रेस संगठन कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।