नयाँवजारमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न


पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा रहेका शान्तिदर्शन टोलविकास संस्था एवम् शान्तिदर्शन महिला समूहको आयोजना तथा मेधा कार्डियाक केयर एण्ड डाईग्नोष्टिक सेन्टर प्रा.लि. पोखराको प्राविधिक सहयोगमा शनिबार निशुल्क स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले उद्घाटन गर्दै वडाले स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएको वताउनु भयो । साथै यस प्रकारका कार्यक्रमबाट समयमै रोग पत्ता लाग्ने भएकोले समय मै उपचार गर्न सकिने वताउनु भयो ।

सो अवसरमा फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. तेजबहादुर गुरुङले मुटु रोग र थाईराइड रोगको वारेमा सचेतना सम्बन्धि प्रशिक्षण दिनु भएको थियो ।

सुगर र पिसावसम्बन्धि रोगको निशुल्क परिक्षण तथा थाइराइडमा ५० प्रतिशत छुट दिईएको उक्त कार्यक्रम विहान ११ वजेखि साँझ ५ वजेसम्म संचालन भएको र एक सय भन्दा वढिको सहभागीता रहेको प्रवन्ध निर्देशक समिर गुरुङले वताउनु भयो ।

शान्तिदर्शन टोलविकास संस्थाका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शान्तिदर्शन आमा समुहक िसचिव इरा भण्डारीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया