पहिलो प्रदेश युवा सम्मेलनः पोखरामा


पोखरा । नेपाल युवा परिषद् गण्डकी प्रदेश शाखाले पहिलो पटक प्रदेश युवा सम्मेलन पोखरामा गर्न लागेको छ ।

विहिबार पोखरामा सो सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल युवा परिषद्, गण्डकी प्रदेश संयोजक मोनिका रानाभाटले गण्डकी प्रदेश का ११ ओटै जिल्लाबाट युवाहरुलाई प्रदेश राजधानिमा ल्याई प्रदेश युवा सम्मेलन २०१९ को आयोजना हुने भएको वताईन ।

सम्मेलनमा दिगो विकासका लक्ष्यहरु, पर्यटन (नेपाल भम्रण वर्ष २०२०), जलवायु परिवर्तन, युवा र राजनिति, युवा उद्यमशीलता, युवा नेतृत्वसँग सम्बन्धित विषयलाई मुख्य बनाई विभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिने सो सम्मेलन गण्डकी प्रदेशको राजधानी पोखरामा आषाढ १३ र १४ गतेसम्म चल्ने उनले वताईन ।

२ दिनसम्म चल्ने सम्मेलनमा दुई सय २० जना युवाहरुको सहभागी रहनेछ जसमा प्रदेश नं. १ का नेपाल युवा परिषद्का युवाहरुको पनि उपस्थिति रहनेछ । यस कार्यक्रममा सहभागि हुने युवा १८ देखि ३० वर्षको हुने छन् जो आफ्नो आफ्नो जिल्लामा नै रहि अध्ययन गरिरहेका वा व्यवसाय सन्चालन गरिरहेका वा सामाजिक कार्यहरु गरिरहेका युवाहरु सहभागी गराउने जमर्को गरिएको आयोजकले वताए ।

पहिलो पटकको सम्मेलनमा प्रत्येक जिल्लाबाट सहभागिता जनाउने युवाहरुले आआफ्नो जिल्लाका बारेमा सबैलाई जानकारि दिने कार्य योजना सहितको प्रस्तुत गर्न छन । सहभागिहरुले आफ्नो जिल्लाको पहिचान झल्काउने खालको सहित पहिलो दिनमा साँस्कृतिक साँझको पनि आयोजना गरीने छ । जहाँ सहभागिहरु प्रस्तुति दिनेछन ।

विगत ८ वर्षदेखि युवाको नेतृत्व, उद्यमशिलता, दिगो विकासको लक्ष्य र व्यक्तिmत्व विकासको क्षेत्रमा सक्रिय नेपाल युवा परिषद्ले सबै प्रदेशका युवाहरुलाई स्थानिय, आर्थिक तथा सामाजिक क्षेत्रमा नेतृत्वदायि भुमिका ल्याउने उदेश्यका साथ प्रदेश युवा सम्मेलन आयोजना गर्न लागीएको हो । सम्मेलनमा सहभागि युवाहरुले नेतृत्वदायि भुमिकामा आएर समाजका सकारात्मक परिवर्तनको लागि केहि नयाँ कुरा सिक्ने छन् भन्ने आशा नेपाल युवा परिषद्ले लिएको छ ।

नेपालको कुल जनसंख्याको ४० प्रतिशत हिंसा ओगटेको युवा जमातले नेतृत्वदायि भुमिकामा आउन आवश्यक देखिन्छ, तब मात्र केहि परिवर्तन आउन सक्छ । युवा परिवर्तनको सम्वाहकहो भन्ने नाराका साथ काम गदै आईरहेको नेपालयुवा परिषदले यस बर्ष नेपालका ७ ओटै प्रदेशमा प्रदेश युवा सम्मेलन गर्न जर्मर्को गरिरहेको छ । यो भन्दा पहिला गएको वर्ष गण्डकी प्रदेशमा युएनडिपि नेपालको सहकार्यमा एसडिजि फेस्टिभल आयोजना गरी दिगो विकास लक्ष्य प्राप्ति गर्न र दिगो विकास लक्ष्यलाई स्थानियकरण गर्न नेपालयुवा परिषदले कार्य गदै आईरहेको छ ।