एनआरएनए युगान्डाको अध्यक्षमा विनोद थापा चयन


युगान्डा– गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद, युगान्डाको अधिवेशनबाट अध्यक्षमा विनोद थापा निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा २०१७–१९ कार्यकालमा अध्यक्ष र उपाध्यक्ष रहेका राजमणी भण्डारी र बिनोद थापा ले नयाँ कार्यकालको लागि दाबेदारी प्रस्ुतत गरेकोमा थापाले बाजी मारेका हुन् । थापाले भण्डारीलाई ११ मतले पराजित गरे । राजमणी भण्डारीको पक्षमा १७ मत खसेको थियो भने बिनोद थापाका पक्षमा २८ मत ।


जिभनाथ पंगेनी, नरेन शर्मा र रमेश कंडेल गरि ३ सदस्यीय निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको हो । ८२ मतदाता रहेको युगान्डामा ४५ सदस्यले मात्र निर्वाचनमा भाग लिए ।
महिला संयोजकमा बर्षा आचार्य क्षेत्री शर्मा चयन भइन् । अर्का दावेदार गरिमा बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि वर्षा निर्विरोध बनिन् । बाँकी पदमा निर्विरोध भयो । जस अनुसार उपाध्यक्षमा प्रेम श्रेष्ठ महिला उपाध्यक्षमा तारा गिरी, महासचिवमा कमल दत्त भट्ट, सचीवमा धनराज गिरिल कोषाध्यक्षमा सन्जिव शर्मा, सह कोषाध्यक्षमा कल्पना अर्याल गैरे चयन भए । यसैगरी युवा संयोजकमा तेजेन्द्र बिवस, प्रबक्ता मानिमेष श्रेष्ठ सदस्यमा क्रमश गणेश कार्की, श्रवण झा, रमा अर्याल, तेज खड्का, निक्कु के.सि छानिए ।


महासचिव रमेश शर्माको सचिवको प्रतिवेदन र कोषाध्यक्ष मन्जुल पाठकको आर्थिक प्रतिवेदन पारित गरियो । कार्यक्रममा निर्वाचन पर्यवेक्षक जिभनाथ पंगेनी, निर्वाचन संयोजक रमेश कंडेलले नयाँ कार्यसमितिलाई शुभकामना दिए । सुनिल तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य राजमणी भन्डारिले गरे ।