बार्सिलोनामा साँस्कृतिक कार्यक्रम हुँदै


बार्सिलोना। नेपाली लोकदोहोरी गीत संगीत तथा बिबिध साँस्कृतिक प्रस्तुतिले बार्सिलोना संगीतमय बन्ने भएको छ। आगामी जुलाई २२ तारीख  बार्सिलोना संगीतमय बन्ने भएको हो। “हाम्रो नेपाल हामी नेपाली” ग्रुपले आयोजना गर्ने कार्यक्रममा गायक सन्तु थापा तथा स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति रहने संयोजक सन्त बहादुर क्षत्रीले जानकारी दिए। 


अजय लोप्चन,सुमी घिमीरे सापकोटा,भुवन अछामी, अनुशा थापा,विनोद कटुवाल, समी गुरूड, दिब्या भण्डारी,शिला केसी,ओजे़श लोप्चन तामाडं, ईश्वरसिंह ठकुरी , लगायतका स्थानीय कलाकारहरूको वेजोड प्रस्तुती रहने आयोजकको दाबी छ। 


नेपाली कला र संस्कृतिको प्रवद्वनका लागि कार्यक्रमको आयोजना गरिएकोहुँदा स्पेनबासि नेपालीसमुदायलाई उपस्थितिको आयोजकले अनुरोध गरेका छन्। 

कार्यक्रमबारे पूर्ण बिबरण :-

  • मिति:- जुलाई २२ तारिख सोमबार 
  • स्थान:- काईया सिसिलियाको हल 
  • समय:- साँझ ५ बजे 
  • प्रबेश शुल्क:- १० युरो