चितवन समाज स्पेनको नेतृत्वमा राजु शम्शेर थापा


बार्सिलोना। चितवन समाज स्पेनले राजु शम्शेर थापाको अध्यक्षमामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समाजको आईतबार सम्पन्न पाँचौ अधिवेशनले सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। 

अधिबेशनबाट उपाध्यक्ष द्वय भोजराज सापकोटा र जीवलाल खरेल, सचिवमा विनय अधिकारी,सहसचिवमा सुरेन्द्र लामिछाने र कोषाध्यक्षमा ज्ञान बहादुर बस्नेत निर्बाचित भएका छन्। यस्तै कार्यसमितिका सदस्यहरुमा दिलिप भण्डारी,दुर्गा तिमिल्सिना रेग्मी,धुब्र भट्ट ,सुदिप रिमाल र सुदर्शन ठकुरी चयन भएका छन् ।

समाजले आफ्नो स्थापनाको दशौ बर्षलाई समेत स्पेनबासी नेपालीहरुमाँझ मनाएको छ। अधिबेशन सहित रमाईलो बनभोज कार्यक्रममा चितवनबासी लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो।