पोखरामा एकदिवसिय अस्ट्रेलियन हाईअर एजुकेशन फेयर हुने


पोखरा- प्रोफेश्नल एजुकेशन कन्सल्टेन्सी पोखराको आयोजनामा यहि साउन ३ गते पोखरामा एकदिवसिय Australian Higher Education Fair 2019 हुने भएको छ । न्युरोड स्थित सिटी स्क्वायर ब्यंक्वेटमा हुने उक्त फेयरको सम्पुर्ण तयारी पुरा भएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा कन्सल्टेन्सीका प्रबन्ध निर्देशक किशोर परियारले जानकारी दिनुभयो । फेयरमा अस्टेलियाका १८ प्रसिद्ध युनिभर्सिटीका प्रतिनिघिसँग विद्यार्थी र अभिभावकहरुले प्रत्यक्ष भेट्न पाउनेछन् । विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिसँग एक्ला एक्लै समेत परामर्श लिन सक्ने व्यस्था गरिएको परियारले बताउनुभयो । उहाँका अनुसार फेयर मै विद्यार्थीको मुल्यांकन गरिने छ । योग्य विद्यार्थीलाई छात्रवृतिको व्यवस्था समेत रहेको उहाँले बताउनुभयो । फेयरको अवसरमा रजिस्टे«सन गर्ने विद्यार्थीलाई आईईएलटीएसमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । मेलाका सहभागीले विशेष गिफ्ट भौचर पनि प्राप्त गर्ने परियारले जनाउनुभयो ।

२६ वर्षअघि स्थापित प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको पोखरा शाखा सन् २०१६ मा स्थापना भएको हो । कन्सल्टेन्सीले विद्यार्थीलाई विदेश जान सहजीकरण मात्र नगरि उनीहरुको शैक्षिक तथा आर्थिक अवस्थालाई सुक्ष्म रुपमा अध्ययन गरेर मात्र परामर्श दिने गरेको परियारले बताउनुभयो । प्रोफेसनल मार्फत अस्टे«लिया, क्यानडा, युके, यूएसए, आयरल्यान्ड र थाइल्यान्ड लगायत देशका उत्कृष्ट विश्वविद्यालय र कलेजमा गएर उच्च शिक्षा हासिल गर्न सकिने उहाँले बताउनुभयो । अध्ययनका लागि यी मुलुकमा जान चाहने विद्यार्थीहरुको आश्यक भिसा प्रक्रिया, परामर्श, कागजात तयारी, एयरपोर्ट पिकअप र प्रस्थानपछि चाहिने मार्गनिर्देशन कन्सल्टेन्सीले प्रदान गर्ने उहाँले बताउनुभयो । परियारका अनुसार विद्यार्थीले आफुले पढ्न चाहेको विश्वविद्यालय छान्न पाउनु उनीहरुको अधिकार हो । विश्वविद्यालयको बारेमा यथेष्ट जानकारी पाएपछि मात्रै उनीहरुले निर्णय लिन सक्छन् । यसैलाई मध्यनजर गर्दै प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी पोखराले यहि साउन ३ गते Australian Higher Education Fair 2019 आयोजना गरेको हो । फेरयमा सहभागी भई कयौ विद्यार्थीहरुले लाभ लिने आयोजकले विश्वास लिएको छ ।