युरोपमा नलिना गुञ्जदै


गायिका नलिना चित्रकार

बार्सिलोना। चर्चित पप गायिका नलिना चित्रकार एक महिना लामो सांगीतिक यात्राका लागि युरोप आईपुगेकी छन्। हाल अमेरिकामा बस्दै आएकी गायिका चित्रकारले बेल्जियमबाट युरोपभ्रमणको सांगीतिक यात्रा सुरु गर्दैछिन्। आगामी हप्ता बेल्जियममा हुने नेपाल महोत्सव २०१९ को अबसरमा गायिका चित्रकारले प्रस्तुति राख्न लागेकी हुन्। 

झन्डै ३ बर्ष पहिले युरोपका बिभिन्न मुलुकहरुमा पुगेर सांगितक प्रस्तुति राखिसकेकी गायिका चित्रकारले युरोपका नेपाली दर्शकहरुको पुन: मन जित्ने अपेक्षा राख्छिन्। ३ दशकअघि देखि गायनयात्रा सुरु गरेकी उनले कुनै समयमा नेपाली पप गायनका एकछत्र राज गरेकी थिईन्। बेल्जियम बाहेक अन्य मुलुकहरुमा लागि पनि उनका सांगतिक कार्यक्रमहरु तय हुँदैछन्। 

‘पानी पानी’,‘गोरी काली’, ‘चाहिँदैन हिरा मोती’, ‘तिम्रो अधर तिम्रो नजर’, ‘रंग’, ‘मस्ती’, ‘एकै छिन’, ‘जिन्दगी’, ‘कहिले गर्छौ’, ‘अञ्जुली भरी’, ‘मायाले लाउने’, ‘मेहन्दी लगाउ’, ‘कति धेरै भर हुन्छ’ लगायतका जनजिब्रोमा झुण्डिएका लोकप्रिय गीतहरुमा उनको आवाज सुन्न सकिन्छ।