तीजको लहर आयो बरिलै ! सेप्टेम्बर २ तारिख तीज बिशेष कार्यक्रम


फाईल तस्बिर

बार्सिलोना। बर्षमा एक पटक आउने हरितालिका तीज पर्व। आफ्नो गाउँठाउँ,माईतिघर छोडेर बिदेशमा रहेका दिदिबहिनीहरुले पुराना दिनहरुलाई सम्झदै न्यास्रो मान्ने गर्दथे। तर आजभोली समय अलि बदलिएको छ बिदेशमा पनि तीज बिषय कार्यक्रमहरु हुने भएपछि दिदिबहिनिहरुले रमाईलो मान्न थालेका छन्। 

स्पेनको बार्सिलोनामा तीज बिशेष कार्यक्रम हुन लागेको एक दशकभन्दा पनि बढि भईसक्यो। हरेक बर्ष तीजको अवसरमा ३-४ सय दिदिबहिनीहरु एउटै हलमा पुगेर कम्मर मर्काउने गरेका छन्। कहिँले नेपालदेखि आएका कलाकारहरुको साथमा त कहिँले तीजे भाकाको तालमा। 

यसपटकपनि प्रवासी नेपाली एकता मञ्च स्पेनले बार्सिलोनास्थित सिसिलियाको हलमा सेप्टेम्बर २ तारिख सोमबार कार्यक्रमको आयोजना गरेको छ। स्थानीय कलाकारहरुसँगै अझ नयाँ पुराना तीजे भाकाको तालमा यसबर्षको तीजे कार्यक्रम तय भएको आयोजकले जनाएको छ। प्रबेश निशुल्क  रहने उक्त कार्यक्रममा ५ सयभन्दा बढि सहभागीहरु उपस्थित हुने लक्ष्य मञ्चले राखेको छ। 

फाईल तस्बिर

तीज कार्यक्रम तयारी समितिको संयोजकमा निर्मला तिवारी,सह-संयोजक हेमन्त रानाभाट ,प्रचारप्रसारमा दिनेशराज रेग्मी,खाना व्यवस्थापनमा कृष्णराम रानाभाट र स्वयं सेवकमा दीपक भट्टराईलाई संयोजक तोकिएको छ। 

कार्यक्रमबारे पूर्ण जानकारी :-

  •  मिति: २ सेप्टेम्बर २०१९, सोमवार 
  • समय: अपरान्ह ४:०० बजे 
  • स्थान: सिसिलिया हल,
  • (Calle Sicillia 321)
  • प्रवेश नि:शुल्क 
  • आयोजक: प्रवासी नेपाली एकता मंच, स्पेन