नाटक एक चिहानको रिर्हसल


राजाराम पौडेल,पोखरा – नाटक एक चिहान पोखरामा मञ्चन हुदैछ । यहि साउन ३० गतेबाट मञ्चन हुने नाटकको यतिबेला रिर्हसल भइरहेको छ । नाटकलाई परिपक्क बनाउन कलाकारहरुको मेहनत गरिरहेका छन् ।

पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने नाटक भाद्र १४ गतेसम्म नियमित मञ्चन गरिनेछ । हृदय चन्द्र सिँह प्रधानले लेखेको नाटकलाई नाट्य रुपान्तरण परिवर्तनले गरेका छन् । पोखरा थिएटरको प्रस्तुतीको नाटकको निर्देशन समेत परिवर्तनलेनै गर्दैछन् ।

नाटकमा नयाँ तथा पुराना पोखरेली रंगकर्मीको अभिनय हेर्न पाइनेछ । जसमा जनक पराजुली, प्रमिला तुलाचन, नवराज गिरी, सन्तोष पुन, सुविना श्रेष्ठ, सोनिया खत्री, सुदिप बाँस्तोला, अञ्जु दाहाल, सन्दिप ठाकुर, विष्णु तिमिल्सिना, इश्वरी राना, आशिका केसी, नितिशा बस्ताकोटी रहेका छन् ।

पाठ्यक्रममा समावेश नाटक भएको कारण विद्यार्थीको रुचि यो नाटकमा बढी पर्ने पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तनको विश्वास रहेको छ । नियमित सो को अलावा बुकिङ सो मार्फत समेत नाटक मञ्चन गर्ने तयारीमा आफुहरु रहेको थिएटरका सञ्चालक दिल प्रसाद गुरुङले बताए । नाटक मञ्चनको तयारीलाई समेत तिव्र पारिएको सञ्चालक गुरुङले जनाए ।