मादी गाउँपालिकालाई वालविवाह मुक्त वनाउने प्रतिवद्धता


पोखरा । कास्कीको मादी गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुले मादीलाई वालविवाह मुक्त गाउँपालिका वनाउन प्रतिवद्ध पत्रमा बुधबार सामुहिक हस्ताक्षर गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष बिष्णुमाया आचार्य पौडेल, प्रशासकीय अधिकृत युबराज अधिकारी, शिक्षा शाखा प्रमुख लोकेन्द्र बिष्ट, महिला तथा बालबालिका शाखा शर्मिला भण्डारी, वडा नं. ८ का अध्यक्ष यमबहादुर गुरुङ, वडा नं. ४ अध्यक्ष सत्यराज सापकोटा, नौलो घुम्ती नेपालका अध्यक्ष खड्गबहादुर रानाभाट र महासचिव बद्री बिनोद प्रतीक, गुड नेवर्स इन्टरनेशनलका टुपेन्द्र खुलाल लगाएत वडा अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकहरुले सम्युक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा प्रभात आधारभूत पाखुरी कोट, सिताराम मावि, याङ्जा कोट, हिमालय माबी गोर्जे, राष्ट्र ज्योति मावि सैमराङका बाल क्लबका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

गाउँपालिकालाई वाल विवाह मुक्त क्षेत्र वनाउन विभिन्न प्रयासहरु गरिएको भएतापनि कुनै कमि नभएकोले छुट्टै निति वनाउन आवश्यक रहेको वक्ताहरुले भनाई राखेका थिए।

गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग, नौलो घुम्ती नेपालको आयोजनामा मादी गाउँपालिकाको सभाहलमा आयोजित वाल विवाहको अन्त्य, हामी सबैको सरोकार, समुन्नत समाज, सुनिश्चित वाल अधिकार भन्ने नाराका साथ वाल अधिकारको सम्बर्धन नेपालमा वाल विवाहको अन्त्य विषयक बालकचहरीमा सहजीकरण भक्तराज रसाईलीले गरेका थिए ।

मादी गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नौलो घुम्ती नेपालका अध्यक्ष खड्गबहादुर रानाभाटले नौलो घुम्ती नेपाल र संस्थाले गरेका गतिविधिको वारेमा प्रकाश पारेका थिए भने महासचिव बद्री बिनोद प्रतीकले स्वागत गरेका थिए ।

कार्यक्रम संचालन नौलो घुम्ती नेपालका एजुकेशन अफिसर महेश विकले गरेका थिए ।