एन आर एन ए डेनमार्कमा हाल सम्मकै बढी सदस्य बने ।


कोपनहेगन ।

गैर आवाशीय नेपाली राष्ट्रिय समन्वय परिषद ( एन आर एन ए ) डेनमार्कमा हाल सम्मकै बढी सदस्य बनेका छन् । यस अघिका सदस्य संख्या हरुभन्दा यो पटक १०६४ सदस्यहरु बनेका छन् । यी सबै अनलाइन प्रणाली मार्फत सबै प्रक्रिया पुरा गरी बनेका सदस्यहरु भएको एन आर एन ए डेनमार्कका अध्यक्ष यामला सुवेदीले बताए ।

उनले बताए अनुसार ”दृढ इच्छाशक्ती एवं संस्थाको इमान्दारिता, पारदर्शिता र जवाफदेहीता कारण यतीका सदस्य संख्या बनेका हुन् ।” उनले बताए अनसार संस्थाको आर्थिक क्रियाकलाप देखि अधिकांश कार्यहरु डिजिटल प्रणाली मार्फत गर्न सकिने गरि संस्था अब सक्षम रहेको छ ।

एन आर एन ए डेनमार्कका महासचीव सुमन थापाले बताए अनुसार ‘नया कार्यसमिती २०१९-२०२१ को लागी अगष्ट ३१ तारिखक दिन नयाँ कार्यसमिति चयनको निर्वाचन प्रक्रिया हुदैछ ।भने अधिबेशन उद्घाटन तथा साधारणसभा अगष्ट १७ तारिखका दिन हुनेछ । अहिले आँफुहरु अधिबेशनको तयारीमा जुटिरहेको पनि उनले जानकारी दिए ।

अधिवेशन सम्पन्न गराउन त्रिलोचन सापकोटाको संयोजक रहने गरी निर्वाचन समिति गठन गरिएको छ । अगस्त १७ तारिखका दिन हुने उद्घाटन तथा साधारणसभामा सस्थाका गतिबिधी, प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आवश्यक बिधान संसोधन लगायतमा ब्यापक छलफल हुने छ ।

निर्बाचनको मिती नजिकिदै जाँदा डेनमार्कमा चुनाबी चर्चा चुलिदै गएको छ । यसघि नै डोलराज पौडेल ( नवीन ) ले अध्यक्ष पदमा आफनो उम्मेदवारी रहने बताएका छन् ।