चापाकोटमा भएको तीज गित प्रतियोगितामा वाल मञ्च प्रथम


पोखरा । चापाकोट पर्यटन प्रवद्र्धन समिति र चापाकोट देउराली होमस्टेको संयुक्त आयोजनामा पोखरा–२३ चापाकोटमा आयोजित तीज गित प्रतियोगितामा वडा स्तरिय वाल मञ्च–२३ प्रथम भएको छ । प्रतियोगितामा सहनशिल आमा समुह, बाम्दी द्वितिय, पञ्चासे परिवर्तन आमा समुह ठूलाखेत तृतीय र चापाकोट आधारभूत विद्यालय सान्त्वना भएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने समुहले क्रमश ः नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरे । त्यसैगरि सक्रिय बाल क्लव, रैकरका सलिना देवकोटाले उत्कृष्ट नृत्य गर्दै नगद १ हजार रुपैयाँ प्राप्त गरिन् ।

चापाकोटमा सञ्चालित होमस्टे कार्यक्रमको प्रवद्र्धन गर्ने उद्येश्यले आयोजित प्रतियोगितामा सहभागि समुहले होमस्टे सम्बन्धित गित गाएका थिए । प्रतियोगितामा विभिन्न २५ समुहले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकहरुमा जीवन दाहाल, सरला पाण्डे, रामजी पौडेल, सविना गुरुङ्ग रहेका थिए ।

सभाध्यक्षमा सम्पन्न कार्यक्रममा वडा नम्बर २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुली, गाउँपर्यटन प्रवद्र्धन मञ्च भिटोफ गण्डकीका अध्यक्ष एवम् गण्डकी प्रदेशका पर्यटन विज्ञ रविन्द्रराज पौडेल, चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भिम पराजुली, देउराली होमस्टेका अध्यक्ष विश्वराज पराजुली, विदेशी अतिथि त्रिया टान लगायतले वोलेका थिए । स्वदेशमै रोजगारी श्रृजनाका लागि पनि होमस्टे सहयोगी हुने उनले औल्याइन् ।

प्रतियोगिता संयोजक चन्द्राकुमारी रानाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा वडा नम्बर २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुली, चापाकोट प्रवद्र्धन समितिका अध्यक्ष भिम पराजुली, देउराली होमस्टेका अध्यक्ष विश्वराज पराजुली, विदेशी अतिथि त्रिया टान लगायतले गाउँमा सञ्चालित होमस्टेका बारेमा जानकारी दिएका थिए ।