तिजको अवसरमा ७० काटेका आमाहरुलाई सम्मान


पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईड खहरेमा रहेको खहरे आमा समूहले महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा आमाहरूलाई सम्मान गरेको छ ।

आमा समूहकी पूर्व अध्यक्ष नानीमाया सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ७० वर्ष माथिका रमा थापा, मंगली जलारी, चन्द्रकला पहारी, मैया थापा, शोभाकला पहारी र लक्ष्मी पोख्रेललाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

खहरे टोल बिकास संस्थाका अध्यक्ष खिमलाल पहारी, उपाध्यक्ष गणेश पहारी, कानूनी सल्लाहकार सूर्यप्रसाद तिमिल्सिना, सल्लाहकार राधादेबी पहारी, सदस्य मनु अधिकारीले मन्तव्य दिएको उक्त कार्यक्रमको अध्यक्षता आमा समूहकी अध्यक्ष मैयाँ थापाले गरेकी थिइन भने स्वागत उपाध्यक्ष साबित्री तिमिल्सिनाले र संचालन सचिव सचिव पम्फा थापाले गरेकी थिइन् ।