उपलब्धीमुलक फड्को मारेको एनआरएनए डेनमार्कको दाबी


कोपनहेगन । एनआरएनए  डेनमार्कले यो पटक निकै ठुलो फड्को मारेको दाबी गरेको छ । एउटा संस्थाले गर्ने काम तथा संस्थागत हिसाबले सन् २०१७ देखि २०१९ को कार्यकालले राम्रा काम गर्नेहरुको सूचीमा आफुलाई दर्ज गरेको संघको दावी छ। 

संघका अध्यक्ष याम लाल सुवेदीले पारदर्शिता, इमान्दारिता र जवाफदेहिता कारण  उनको आफ्नो कार्यकाल सफल भएको बताए । उनका अनुसार हाल अहिले सम्मकै सबैभन्दा बढी १०६४ जना पंजीकृत सदस्यहरु बनेका छन् । यी सबै सदस्यहरु अनलाइन प्रणाली मार्फत तोकिएको शुल्क तिरेर सदंस्य बनेका हुन्।

विदेशमा नेपालीहरुको छाता संगठन एनआरएनएले गर्ने काम भनेको नेपालीहरुको हकहित, नेपालीहरुलाई आइ परेका समस्याहरुको समाधानमा पहल तथा चाडपर्वहरुमा नेपालीहरूलाइ जमघट गराई नेपालीपन महशुस गराउनु नै हो । यी सबै कामहरुमा संघले आफ्नो कर्तब्य पुरा गरेको ठानेको छ। 

संघको अर्को प्रमुख उपलब्धी भनेको सम्पूर्ण कार्यहरु डेनमार्कको प्रणाली अन्तर्गत रहेर काम गर्न सक्न बनाउनु हो । सदस्यहरु अनलाइन प्रणाली मार्फत बने भने आर्थिक क्रियाकलाप सम्पूर्ण डिजिटल रुपमा कार्य गर्ने छ अर्थात सबै आर्थिक क्रियाकलाप डेनमार्कको आधिकारीक निकायको आर्थिक प्रणाली मार्फत गर्नुपर्ने छ । र सबै हिसाब दुरुस्त राख्नु पर्ने छ यहाँको आधिकारीक निकायले त्यसको चेकजाँच समेत गर्ने छ । यस्तो प्रणालीभित्र रहेर कार्य गर्न संस्थालाई पुर्याउनु पनि ठुलो उपलब्धी मनिन्छ ।

हालै सम्पन्न भएको साधारण सभामा संस्थाको एकता र टिमवर्क स्पष्ट देखिएको थियो । साधारण सभा सफल बनाउन कार्यसमितिका सबै उत्तिकै खटिएका थिए भने कार्यप्रगती प्रश्तुतु गर्ने क्रममा सबै कार्यसमितिका व्यक्तिहरु एक्बद्ध भएर उठेका प्रश्नहरुको उचित जवाफ दिएका थिए ।

साधारणसभामा कसले के भने ? 

 साधारण सभाको प्रमुख अतिथी नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा रहेका थिए । साथै एन आर एन का केन्द्रिय उपाध्यक्ष कुमार पन्त विशिष्ट अतिथी रहेका थिए भने बिशेष अतिथीका रुपमा नेपाली दुतावास डेनमार्कका मिनिस्टर कन्सुलर डोरनाथ अर्याल सहभागी बने। यसैगरी डेनमार्क भ्रमणको क्रममा रहनु भएका सडक विभागका महानिर्देशक तिर्थ खनाल तथा नेपाल तरुण दलका महासचीव भुपेन्द्र जंग शाही पनि उपस्थित थिए।

 
प्रमुख अतिथी शर्माले एन आर एन ले बिदेशमा रहेका  सामान्य भन्दा पनि सामान्य नेपालीहरुलाई समेट्नु पर्नेमा जोड दिए भने नेपालमा लगानी गर्न आव्हान समेत गरे । केन्द्रिय उपाध्यक्ष पन्तले बिदेशी लगानी नेपाल भित्र्याउन नेपालले धेरै नीतिगत सुधार गर्नुपर्ने  बताए । नेपाली दुतावास डेनमार्कका मिनिस्टर कन्सुलर अर्यालले विदेश बाट सिक्नुपर्ने धेरै कुराहरु रहेको बताए ।


कार्यक्रममा प्रवासी नेपाली मंच डेनमार्कका संयोजक उदय राज गौतम, जनसम्पर्क समिति डेनमार्कका सभापती विरेन्द्र सिंह कार्की, साझा सद्भाव समुहका प्रभात किरण, एन आए एन डेनमार्कका भूपू अध्यक्षहरु मोहन राज मिश्र, दिपक सापकोटा, दिपेन्द्र चुडाल, क्रिएटिभ नेपलीज वुमन डेनमार्ककी अध्यक्ष इन्दिरा तिवारी, लेखक एवं पत्रकार प्रकाश ढकाल, डेनमार्कमा क्रियाशील वैज्ञानीक प्यानलका रवी क्षत्री, अधिवेशन सम्पन्न गराउन गठीत निर्वाचन समितिका संयोजक त्रिलोचन सापकोटा लगायतले एन आर एनको साधारण सभाको सफलताको कामना गरेका थिए ।

उद्घाटन सत्र सकिए लगत्तै बन्दशत्र चलेको थियो जहाँ संस्थाको आर्थिक प्रतिवेदन उत्कृष्ट रुपमा कोषाध्यक्ष अशोक शर्माले प्रश्तुत गरेका थिए । त्यसमा उठेका प्रश्नहरुको जवाफ उपाध्यक्षहरु लक्ष्मी जमरकट्टेल, नरेन्द्र बस्नेत, प्रवक्ता रोशन खतिवडा, सदस्य नारायण चापागाईं लगायतले दिएका थिए ।

महासचीव सुमन थापाले प्रश्तुत गरेको वार्षिक प्रतिवेदन निकै उत्कृष्ट थियो । उनले संथाले गरेका कार्य, गर्न खोजेका कार्य र चाहेर पनि विविध कारणबस गर्न नसकेका कार्यहरुको बारेमा प्रकाश पारेका थिए ।कार्यक्रममा नेपालमा लगानीको अवसरको बारेमा मोहन राज मिश्र र रमेश काफ्लेले कृषिको र हाइड्रोको बारेमा प्रश्तुती गरेका थिए । साधारण सभाले पछिल्लो विधानमा केहि संसोधन सहित परिमार्जन गरेको छ ।