एन आर एन ए डेनमार्कको निर्वाचनमा गाउँपालिकाको निर्वाचनको झल्को ।

विगतमा जस्तै यो पटक पनि विधुतिय मतदान ।


कोपनहेगन ।
एन आर एन ए डेनमार्कको निर्वाचनमा विधुतिय प्रणाली मार्फत निर्वाचन हुने भएको छ । अधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक त्रिलोचन सापकोटाले दिएको जानकारी अनुसार कम्प्युटर प्रणाली मार्फत ७ वटा कम्प्युटर राखी मतदान प्रक्रिया जारी गरिनेछ ।

यो पटकको एन आर एन ए डेनमार्कको निर्वाचनले नेपालमा गाउँ पालिका को निर्वाचनको झल्को दिने भएको छ । कुल सदस्य एवं मतदाता संख्या १०६४ रहेकोमा करीब ९५ % मतदाताले भाग लिने अपेक्षा गरिएको छ । जुन कुल मतदाताको संख्याको अनुपातमा एकदम धेरै हो ।

मतदान प्रक्रियामा सहभागी हरुलाई लाइन बस्न नपर्ने गरी व्यवस्था मिलाइएको सापकोटाले बताए । यो पटक कोपनहेगन भन्दा बाहिर रहेका नेपालीहरुको लागि पनि कम्प्युटर प्रणाली मार्फत मतदान गराइनेछ । कोपनहेगन देखि करीब २०० किलोमिटर बाहिर रहेका नेपालीहरुको लागि पनि ओडेन्स सहरमा कम्प्युटर प्रणाली मार्फत मतदानको व्यबस्था गरिएको छ ।

यो पटक आइ सी सी पदका लागि रमेश काफ्ले र दीपक सापकोटा भिड्ने भएका छन् । यसैगरी अध्यक्षमा दुइ जना प्रत्यासीहरु रहेका छन् । डोलराज पौडेल ( नवीन ) र रबिन्द्र खड्का अध्यक्षमा भिड्ने भएका छन् भने महासचिवमा शैलेन्द्र अधिकारी र राजमान तामांग भिड्दै छन् । दुइ जना पद रहेको उपाध्यक्षमा चार जना भिड्दै छन् । उपाध्यक्षमा रोमश लामिछाने, इन्द्र पनेरु, दीपक राज रिजाल अनि इन्द्र सापकोटा रहेका छन् । यस्तै महिला प्रतिनिधीमा श्रीया महर्जन र शोभा न्यौपाने भिड्दै छन् । पांच जना सदस्यहरुमा दीप् शर्मा, नारायण बस्याल, प्रकाश श्रेष्ठ, नरेन्द्र पौडेल, लक्ष्मण कंडेल र सुनील शर्मा गरी छ जना रहेका छन् ।

यस अघिको प्रक्रियामा महिला उपाध्यक्षमा अन्जु पराजुली, सचीवमा महेश खत्री, युवा संयोजकमा शशी श्रेष्ठ, कोषाध्यक्षमा रबीन काजी श्रेष्ठ अनि दुइ महिला सदस्यमा शकुन्तला सुनाम परियार र पुष्पा खड्का बुढाथोकी निर्विरोध चयन भै सकेका छन् ।

निर्वाचन मिति, समय र स्थान निम्नानुसार रहनेछ :
निर्वाचन मिति : अगस्त ३१ सनिवार २०१९
स्थान: Valgårdsvej 4, 2500 Valby
समय: बिहान ०८ देखि साँझ २०:०० बजेसम्म

कोपनहेगन भन्दा बाहिरको लागि
स्थान: Juelsmindevej 9, 5200 Odense V
समय: बिहान १० देखि दिउँसो १३:०० बजेसम्म