प्रबासी नेपाली एकता मञ्च स्पेन विधिवत रुपमा गठन


बार्सिलोना। प्रबासी नेपाली एकता मञ्च स्पेन बिधिवत रुपमा गठन भएको छ। तत्कालिन दुई संगठनहरुले शुक्रबार बार्सिलोनामा एकता घोषणासभाको आयोजना गर्दै  बिधिवत रुपमा एक भएको जानाकारी दिएका हुन्। 
नेकपा एमाले तथा माओबादी केन्द्र बीच पार्टी एकता भएपनि स्पेनमा प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्च स्पेनबिच हालसम्म  बिधिबत रुपमा एकता हुन सकेको थिएन। 


सोमबार दुई संगठनका अध्यक्षहरु सहितको संयुक्त बैठकले प्रबासी नेपाली एकता मञ्च स्पेन गठन गर्ने निणर्य गरेको थियो। तर शुक्रबारमात्र एकता घोषणासभाको आयोजना गरी जानकारी दिईएको हो। 


शेर्पा संयोजक,न्यौपाने सचिव र आचार्य युरोप प्रतिनिधि

प्रबासी नेपाली मञ्च स्पेनको एकिकृत कार्यसमितिको संयोजकमा हेम शेर्पा चयन भएका छन्। शेर्पाको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति गठन भएको प्रेस बिज्ञप्ति जारी गरिएको छ। कार्यसमितिको सचिवमा अशोक किरण न्यौपानेलाई जिम्मेबारी तोकिएको छ। युरोप कमिटि गठन भएपछि युरोप प्रतिनिधिको रुपमा अर्जुन आचार्यलाई पठाउने निर्णय भएको उक्त बिज्ञप्तिमा उल्लेख छ। 

शेर्पा तत्कालिन प्रबासी नेपाली मञ्च स्पेनका अध्यक्ष हुन् भने आचार्य र न्यौपाने तत्कालिन नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष र महासचिवको रुपमा कार्यरत थिए।