बार्सिलोना तीजे कार्यक्रम,कलाकारसँगै दिदीबहिनीहरुले कम्मर मर्काउदै


बार्सिलोना। चर्चित लोक दोहोरी कलाकारहरु तारापति सुबेदी र लक्ष्मी नेपालीले सोमबार बार्सिलोना तताउने भएका छन्। महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजको अबसरमा तीजे भाकाहरु प्रस्तुत गर्दै मनोरञ्जन दिने भएका हुन्। 

आफ्नो गाउँठाउँ,माईतिघर छोडेर बिदेशमा रहेका दिदिबहिनीहरुले नेपालदेखि आएका कलाकारहरुको साथमा तीज मनाउन लागेका हुन्। कलाकार द्वयले एक महिने युरोप यात्राको क्रममा पहिलो प्रस्तुति स्पेनबाट सुरु गर्ने भएका छन्। 

तीजे कार्यक्रमको यात्रा एकदशक लामो 

गाउँठाउँका चौतारीमा तीजे कार्यक्रम बर्षौ देखि हुँदै आएका थिए त्यस्तै स्पेनको नेपाली समुदायमा पनि आफ्नै ईतिहास छ। बार्सिलोनामा तीज बिशेष कार्यक्रम हुन लागेको एक दशकभन्दा पनि लामो समय भईसक्यो। हरेक बर्ष तीजको अवसरमा ३-४ सय दिदिबहिनीहरु एउटै हलमा पुगेर कम्मर मर्काउने गरेका छन्। कहिँले नेपालदेखि आएका कलाकारहरुको साथमा त कहिँले तीजे भाकाको तालमा। 

फाईल तस्बिर

बार्सिलोनास्थित सिसिलियाको हलमा सोमबार हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रवासी नेपाली एकता मञ्च स्पेनका संयोजक हेम शेर्पाले जानकारी दिए। “ तत्कालिन दुई संगठनहरु भर्खर बिधिवत रुपमा एक भएका छौ। यो हाम्रो एकताको कार्यक्रम भएकाले पनि अलि बिशेष पनि हुनेछ।” संयोजक शेर्पाले भने। 

तीज बिशेष कार्यक्रममा सम्पूर्ण नेपाली समुदायलाई उपस्थित हुन आह्ववान गर्दै कार्यक्रम हेर्न कुनै शुल्क तिर्न नपर्ने उनले जानकारी दिए।  

फाईल तस्बिर

कार्यक्रममा लोकदोहोरी गायिका सुमी घिमिरे सापकोटा,सोनाम लामा शेर्पा,शिक्षा भट्टराई लगायत स्थानीय कलाकारहरुले गीत संगीत प्रस्तुत गर्ने भएका छन्। 

नयाँ पुराना तीजे भाकाको तालमा कार्यक्रम हलमा सामुहिक नृत्य गरिने आयोजकले जनाएको छ। दिनप्रतिदिन स्पेनमा नेपालीहरुको बसाई बाक्लिदै गएको परीपेक्षमा ५ सयभन्दा बढि सहभागीहरु उपस्थित हुने लक्ष्य आयोजकले राखेको छ। 

कार्यक्रमबारे पूर्ण जानकारी :-

  •  मिति: २ सेप्टेम्बर २०१९, सोमवार 
  • समय: अपरान्ह ४:०० बजे 
  • स्थान: सिसिलिया हल,
  • (Calle Sicillia 321)
  • प्रवेश नि:शुल्क 
  • आयोजक: प्रवासी नेपाली एकता मञ्च, स्पेन