सिद्ध परोपकार वैदिक गुरुकुल आश्रमलाई टेलिभिजन


पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आयोजना तथा दुर्गा एण्ड दिपा इलेक्ट्रोनिक्सको सहयोगमा पोखरा १५ ढुंगासाँगु स्थित राष्ट्रिय परोकार महासंघ नेपालद्धारा संचालित सिद्ध परोपकार वैदिक गुरुकुल आश्रमलाई दुई वटा टेलिभिजन वितरण गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरी क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटले आश्रमका संरक्षक भागवत भाष्कर कमलनयन गौतमलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा भागवत भाष्कर कमलनयन गौतमले सहयोग र सहभागिता सानो ठुलो हुँदैन, आबश्यकता परेका स्थानमा सहयोग गर्दै जान अनुरोध गर्दै महासंघको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा पुष्पाञ्जली भजन समुहका अध्यक्ष तथा लोक दोहोरी गायक कृष्ण प्रसाद गौतम, क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाट, पुर्वअध्यक्ष कृष्णबहादुर रानाभाट, दुर्गा एण्ड दिपा इलेक्ट्रोनिक्सका प्रोपाइटर तथा क्लबका डाइरेक्टर दुर्गा सुबेदीलगाएतले वोलेका थिए ।