एन आर एन ए डेनमार्कको अध्यक्षमा रबिन्द्र खड्का विजयी


कोपनहेगन ।
एन आर एन ए डेनमार्कको आगामी कार्यकालको लागि रबिन्द्र खड्का अध्यक्ष पदमा विजयी बनेका छन् । उनले अर्का निकटतम प्रतिद्वन्दी डोलराज पौडेल ( नवीन ) लाइ पराजीत गरेका हुन् । गत शनिवार सम्पन्न मतदान प्रक्रिया सम्पन भएको थियो । मतदान पूर्णतया बिधुतिय प्रणाली मार्फत भएको थियो । मतदान समाप्त बहेको एक घन्टामा परिणाम सुनाइएको थियो ।

आइ सी सी पदमा रमेश काफ्ले विजयी बनेका छन् उनले एन आर एन अ डेनमार्कका भूपू अध्यक्ष दिपक सापकोटालाइ पराजीत गरेका हुन् ।

यसैगरी दुइ उपाध्यक्षमा इन्द्र पनेरु र दीपक राज रिजाल निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा अरु उम्मेदवारहरु रोमश लामिछाने र इन्द्र सापकोटा विजयी बन्न सकेनन । महासचीवमा शैलेन्द्र अधिकारी विजयी बनेका छन् उनले अर्का प्रतिद्वन्दी राजमान तामांगलाइ पराजीत गरे ।

यसैगरी महिला संयोजकमा शोभा न्यौपाने विजयी बनेकी छन् । उनले अर्की उम्मेदवार श्रेया महर्जनलाइ पराजीत गरेकी हुन् ।

यसअघि नै महिला उपाध्यक्षमा अन्जु पराजुली सचिव पदमा महेश सिंह खत्री निर्विरोध बनेका थिए भने कोषाध्यक्ष रविन काजी श्रेष्ठ, युवा संयोजकमा शशि श्रेष्ठ अनि दुइ महिला सदस्य सकुन्तला सुनाम र पुष्प खड्का बुढाथोकी निर्विरोध निर्वाचीत बनेका थिए ।

सदस्यमा प्रकाश श्रेष्ठ, दीप शर्मा, लक्ष्मण कंडेल, नारायण बस्याल र सुनील आचार्य विजयी बनेका थिए ।