एनआरएनए डेनमार्कको पदस्थापन तथा सपथग्रहण सम्पन्न



कोपनहेगन । डेनमार्कका लागि नेपाली राजदुत युवनाथ लम्सालले एनआरएनको नयाँ नेतृत्वको कार्यसमितिसँग मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। एनआरएनए डेनमार्कको कार्यसमितिको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा आईतबार कोपेनहेगनमा बोल्दै राजदुत लम्सालले यस्तो बताएका हुन्।

 
यो पनि पढ्नुहोस् :एनआरएनए डेनमार्कको अध्यक्षमा रबिन्द्र खड्का विजयी

समुदायका लागि केहि नयाँ दिन सक्नु नै उपलब्धी हो भन्दै उनले पहिला आँफुलाई परिवर्तन गर्नु नै महत्वपूर्ण भएको बताए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष यामलाल सुबेदीले इमान्दारिता,पारदर्शिता र जवाफदेहिता भए संस्था आँफै बलियो हुनेमा जोड दिए। 

निर्वाचन समितिका संयोजक त्रिलोचन सापकोटाले आँफूहरुले जिम्मेवारी पुरा गरेको भन्दै अब नयाँ कार्यसमितिले समुदायको हितका लागि मुख्य जिम्मेवारी पुरा गर्नुपर्ने बताए। 

एनआरएनए डेनमार्कका नवनिर्वाचित अध्यक्ष रविन्द्र खड्काले आँफूले समुदायको हितमा सक्दो काम गर्ने प्रतिबद्वता ब्यक्त गरे। उनले एनआरएनलाई सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।