एशियन फोरमको साधारण सभा गाइको गोठमा


कृष्ण रानाभाट/तनहुँ । काठमाण्डौको लैनचौरमा केन्द्रिय कार्यालय रहेको वैदेशिक रोजगारीबाट स्वदेश फिर्ता नेपालीहरुको संस्था एशिया मानव अधिकार तथा साँस्कृतिक बिकास मञ्च (एशियन फोरम) को १५ औं केन्द्रिय साधारण सभा तनहुँको एक गाइगोठमा सम्पन्न भएको छ ।

विभिन्न संघ संस्थाले महंगा रिसोर्ट र होटलमा साधारण सभा गरी लाखौं खर्च गर्ने अहिलेको परिपाटीको अन्त्य गर्न संस्थाका गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण बानियाँको गाउँ बेशी कृषि केन्द्रमा रहेको गाईको गोठमा साधारण सभा शनिबार सम्पन्न भएको हो ।

सो अबसरमा संस्थाका संस्थापक अध्यक्ष सिद्धिचन्द्र बराल, पुर्व अध्यक्ष निरज थापा, केन्द्रिय उपाध्यक्ष श्रीकृष्ण अधिकारी, सचिव बिजय गुरुङ, प्रदेश ३ अध्यक्ष शिवचन्द्र मण्डल, साहित्यकार कल्पना पौडेल जिज्ञासु, भानु नगरपालिका वडा नं. २ का अध्यक्ष अर्जुन खड्का, चितवनका मनोज कार्की, कास्की प्रतिनिधि मिरा पौडेल, भानु सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष नबिनराज दाहाल, समाजसेवी हरि काराखेतीलगाएतले बोलेका थिए ।

त्यसैगरी गाउँ बेशी कृषि केन्द्रका संचालक तथा गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण बानियाँ, युनिप्सका केन्द्रिय अध्यक्ष सन्त बहादुर गुरुङ, गण्डकी प्रदेशका उपाध्यक्ष शिव कुमार बराल, डि भिलेजका संचालक रामचन्द्र लामिछाने, दरबारथोक एड्भरटाइजिङ एजेन्सीका कृष्ण रानाभाट, तनहुँ जिल्ला अध्यक्ष लालकुमार श्रेष्ठ, कास्की जिल्ला अध्यक्ष तिलक थापा, भानु एकाइ अध्यक्ष तोरण बहादुर अधिकारीलगाएतले बोलेका थिए ।

फोरमका अध्यक्ष किस्मतमणी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव निलाम्बर बडालले गरेका थिए ।