एनआरएनए स्पेनको अध्यक्षमा दिनेश गुरुङ (देउकाजी) बिजयी


एनआरएनए स्पेन अध्यक्षका उम्मेदवार दिनेश गुरुङ (देउकाजी)

बार्सिलोना। एनआरएनए स्पेनको छैठौ अधिबेशनबाट अध्यक्ष पदमा दिनेश गुरुङ (देउकाजी) ले ६९६ मत प्राप्त गर्दै  बिजयी भएका छन्। गुरुङले अध्यक्षका प्रत्यासी पेशल कुमार कोईरालालाई १२४ मतले पराजीत गर्दै बिजयी बनेका हुन्। कोईरालाले भने ५७२ मत प्राप्त गरे।


गुरुङ प्रबासी नेपाली एकता मञ्च निकटका उम्मेदवार हुन् भने कोईराला नेपाली जनसम्पर्क समिति निकट मानिन्छन्। मुख्य पदहरुसहित अधिकांश भन्दा बढी गुरुङ निकटकै उम्मेदवारहरु बिजयी बनेका छन्।

 आईसीसी सदस्य पदमा सुनिल रानाभाट र चिन्तामणी सापकोटा बिजयी बनेका छन्। रानाभाटले ७७१ मत र सापकोटाले ६४५ मत प्राप्त गर्दै बिजयी बनेका हुन्। २०१७- २०१९ कार्यकालका लागि रानाभाट उपाध्यक्ष थिए भने सापकोटा अध्यक्ष थिए। 

स्पेनको एनआरएनए ईतिहासमा नै पहिलोपटक २ हजार बढी पंजीकृत सदस्यता भएकाले दुई आईसीसी सदस्य पदका लागि मनोनयन दर्ता भएको थियो। रानाभाट र सापकोटासँगै पूर्व उपाध्यक्ष प्रकाश तिमिल्सिना समेत चुनावी मैदानमा थिए। तिमिल्सिनाले भने ४५६ मत मात्र प्राप्त गरे। 

यस्तै दुई खुल्ला उपाध्यक्षमा उत्तर राईले ७३१ मत, दिनेशकुमार गिरीले ६८० मत ल्याई बिजयी बनेका छन्। उपाध्यक्षकै अर्का प्रतिस्पर्धी सनु रावतले भने ४८७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा सर्बाधिक मत ल्याउने राई म्याड्रिड निबासी हुन्। यो सँगै उनि एनआरएनए स्पेनको ईतिहासमै क्षेत्रबाट खुल्लातर्फको निर्बाचन लडेर बिजयी बन्ने पहिलो उम्मेदवार बनेका छन्।  उनको जितलाई बार्सिलोनाबाहिरबाट पनि स्पेनको नेतृत्व लिनसक्ने संकेतको रुपमा हेरिएको छ। 

क्षेत्रतर्फको उपाध्यक्ष कोटामा पाईसभास्कोमा तुलसी बहादुर गुरुङ ६५० मत ल्याई बिजयी बनेका छन्। अर्का प्रतिस्पर्धी रामप्रसाद दाहाललाई १ सय ४७ मतले पराजित गर्दै गुरुङ बिजयी बनेका हुन्। महासचिव पदमा उमराज ढकाल (राज) ले ६७२ मत ल्याई बिजयी भए। अर्का प्रत्यासी बिनय अधिकारी २५० मतले पछि परे। 

दुई खुल्लातर्फको सचिव पदमा दुर्गाप्रसाद घिमिरे (लेकाली) ले ५५० मत र ध्रुव भट्टले ५४६ मत ल्याई बिजयी बनेका छन्। सोहि पदका प्रत्यासीहरु भुवन कटुवालले ४३२ मत र रवी पुडासैनीले ४२५ मत प्राप्त गरे। पाईसभास्कोतर्फको सचिव पदमा महानारायण चौधरीले २२८ मतको फराकिलो मत अन्तरले जित हासिल गरे। उनका प्रत्यासी राजेन्द्र सेढाईले ४२१ मत मात्र प्राप्त गरे। 

संघको कोषाध्यक्षमा ६८७ मत ल्याएर गोबिन्दप्रसाद तिमिल्सिना बिजयी बनेका छन्। उनले २४५ मतको फराकिलो मतले सन्त बहादुर क्षेत्रीलाई पछि पारे। सह-कोषाध्यक्षमा ६४८ मत सहित शान्ता राणा बिजयी बनिन्। उनका प्रत्यासी महन्त महर्जनले ४०४ मत ल्याए। 

मौसमी गुरुङ (समि) ले ६९४ मत ल्याई महिला फोरममा बिजयीमात्र बनिनन्। उनि सर्बाधिक मत ल्याउने उम्मेदवार समेत बनेकी छिन्। उनिसँग २३९ मतले पार्वती वली पछि परिन्। 

यस्तै कार्यसमितिको ६ जना सदस्य पदकालागि १० जना चुनावी मैदानमा थिए। आङ्लाक्पा शेर्पाले ६८० मत, भुपेन्द्रकुमार श्रेष्ठ ६१०,तारानाथ अधिकारी ५९५, शालिकराम डुम्रे ५७९,बिदुर गौतम ५४३ र सोमप्रसाद गुरुङ (युनिस) ले ५५६ मत प्राप्त गर्दै कार्यसमिति सदस्यमा बिजयी बनेका छन्। एनआरएनको स्पेनको ईतिहासमा नै सदस्य पदकालागि समेत पहिलो पटक निर्बाचन भएको हो। 

एनआरएनए स्पेनको केन्द्रिय निर्बाचन पर्यवेक्षकको रुपमा युरोप क्षेत्रीय उपसंयोजक एकराज गिरी सहभागी थिए। सन्दिप मोहोन भट्टराईको संयोजकत्वमा बनेको निर्बाचन समितिले निर्बिबाद कुशलतापूर्वक निर्बाचन प्रक्रिया सम्पन्न गरेको थियो। योसँगै अध्यक्ष चिन्तामणि सापकोटा नेतृत्वको २०१५-२०१७ कार्यकालले बिदा लिएको छ।