एनआरएनएन स्पेनको निर्बाचन:- आईसीसी सदस्यमा रानाभाट र सापकोटा बिजयी



बार्सिलोना। एनआरएनए स्पेनको छैठौ अधिबेशनबाट आईसीसी सदस्य पदमा सुनिल रानाभाट र चिन्तामणी सापकोटा बिजयी बनेका छन्। रानाभाटले ७७१ मत र सापकोटाले ६४५ मत प्राप्त गर्दै बिजयी बनेका हुन्। २०१७- २०१९ कार्यकालका लागि रानाभाट उपाध्यक्ष थिए भने सापकोटा अध्यक्ष थिए। 

स्पेनको एनआरएनए ईतिहासमा नै पहिलोपटक २ हजार बढी पंजीकृत सदस्यता भएकाले दुई आईसीसी सदस्य पदका लागि मनोनयन दर्ता भएको थियो। रानाभाट र सापकोटासँगै पूर्व उपाध्यक्ष प्रकाश तिमिल्सिना समेत चुनावी मैदानमा थिए। तिमिल्सिनाले ४५६ मत प्राप्त गरे। 

पाँचौ अधिबेशनमा पनि रानाभाट सर्बाधिक मतल्याई उपाध्यक्षमा बिजयी बनेका थिए भने। त्यसलाई निरन्तरता दिदै अहिले पनि उनि ७७१ मत सहित सर्बाधिक मत ल्याउने उम्मेदवार बनेका छन्।

 अध्यक्ष पदमा दिनेश गुरुङ (देउकाजी) ले ६९६ मत प्राप्त गर्दै  बिजयी भएका छन्। गुरुङले अध्यक्षका प्रत्यासी पेशल कुमार कोईरालालाई १२४ मतले पराजीत गर्दै बिजयी बनेका हुन्। कोईरालाले भने ५७२ मत प्राप्त गरे।

गुरुङ प्रबासी नेपाली एकता मञ्च निकटका उम्मेदवार हुन् भने कोईराला नेपाली जनसम्पर्क समिति निकट मानिन्छन्। मुख्य पदहरुसहित अधिकांश भन्दा बढी गुरुङ निकटकै उम्मेदवारहरु बिजयी बनेका छन्।