एनआरएनए अध्यक्षका प्रत्यासी पन्त स्पेन आउदै


एनआरएनएको २०१९-२०२१ कार्यकालका लागि अध्यक्षपदका प्रत्यासी कुमार पन्त

बार्सिलोना। गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्त स्पेन आउने भएका छन्।  आगामी नेतृत्वका लागि अध्यक्षका प्रत्यासी समेत रहेका पन्त आईतबार राति बार्सिलोना आउने भएका हुन्। एनआरएनए स्पेनको छैठौ अधिबेशनबाट निर्बाचित नयाँ कार्यसमितिलाई बधाई तथा भेटघाट गर्न उनि स्पेन आउने लागेका हुन्।

आउंदो अक्टोबर महिनामा काठमाडौँमा हुने संघको नवौं विश्व सम्मेलनमा अध्यक्षपदमा उम्मेदवारी दिने बताएका पन्तले स्पेनका गैर आबासीय नेपालीहरुसँग पनि छलफल गरेर सुझाव लिने बताए।

 उपाध्यक्ष पन्तले नेपालीनेपाली डटकमलाई भने,” मध्यपूर्व,अमेरीका,ओसेनिया,एसिया प्यासिफिक,अफ्रिका लगायत हाल युरोपका गैर आबासीय नेपालीहरुसँग सुझाव लिईरहेको छु। स्पेनबासी गैरआवासीय नेपालीहरुको सुझावलाई पनि मनन गर्दै चुनावी मैदानमा उत्रने छु।”

उपाध्यक्ष पन्त सोमबार दिउँसो नै स्पेन हुँदै फ्रान्स पुग्ने छन्। वर्तमान उपाध्यक्षद्वय कुमार पन्त तथा कुल आचार्यले केन्द्रिय अध्यक्ष पदका लागि उम्मेदवारी दिने जनाएका छन्  ।