एनआरएनए युरोप संयोजकमा पोर्चुगलका हमालको दावी


कोपनहेगन । एनआरएनए युरोप संयोजक पदमा पोर्चुगल निबासी व्यवसायी पूर्ण हमालले उम्मेदवारी दिने भएका छन्। आउंदो अक्टोबर महिनामा काठमाडौँमा हुने संघको नवौं विश्व सम्मेलनमा हमालले युरोप संयोजक पदमा उम्मेदवारी दिन लागेका हुन्। 

पोर्चुगलमा व्यवसाय गर्दै आएका हमाल पोर्चुगलमा मात्र नभई युरोप क्षत्रमा नै लोकप्रिय छन्। एनआरएनए  अभियानमा स्थापना कालदेखि नै सक्रिय रहेका हमालले पोर्चुगलमा नेपाली दूताबास स्थापनालाई जोड दिएका छन् ।उनले हमाल ट्रष्ट स्थापना गरी एक करोड रुपैंयाको अक्षयकोष स्थापना गरी सो रकमबाट नेपालमा सामाजीक कार्य गर्दै आएका छन् । 

केन्द्रिय अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्यले दावी गरिरहेका बेला युरोप क्षेत्रको प्रतिनिधित्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। यसअघि बेल्जियमबाट गंगाधर गौतम र प्रेम गुरुङले पनि युरोप संयोजकमा आफ्नो दावी घोषणा गरिसकेका छन् । यसैगरी नेदर्ल्याण्ड निबासी नारायण आचार्यले पनि युरोप क्षत्र संयोजकमा आफ्नो दावी  प्रस्तुत गरेका छन्। 

गत अधिबेशनमा युरोप संयोजक पदका लागि १० जनाको उम्मेदवारी पर्यो र खुवै चर्चा परिचर्चा पनि भयो। अन्तत;खासै मिडियाको चर्चामा नआएका बेल्जियम निवासी शिव कुमार बरुवालले बाजी मारेको दृष्टान्त छ। पन्त र आचार्यको समूह कुन बलियो बन्छ? र कसको टिममा को अटाउन सक्लान् ? त्यो नै चुनाव जित्ने महत्वपूर्ण हतियार बन्नेछ। प्राय:एनआरएनए निर्बाचनमा माथिल्लो सर्कुलेसनले पनि प्रभाव पार्ने हुँदा यो पटक झनै कौतुहलता बिषय भनेको छ। काँग्रेस भर्सेस कम्युनिष्टको कडा टक्कर युरोप क्षेत्रका पदहरुमा देखिने छन्। जनसम्पर्क समिति र प्रबासी नेपाली एकता मञ्चले कसलाई आफ्नो आधिकारिक उम्मेदवार बनाउला त्यो पनि प्रतिक्षाको बिषय  बनेको छ।