एनआरएनए जाम्बियाको अध्यक्षमा प्रमोद शर्मा


जाम्बिया- गैरआबासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति जाम्बियाको अध्यक्षमा प्रमोद शर्मा चयन भएका छन् । जाम्बियाको राजधानी लुसाकामा सम्पन्न गैरआबासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति जाम्बियाको सन २०१९ को वार्षिक साधारण सभाले सन २०१९ – २०२१ का लागि शर्माको अध्यक्षतामा कार्य समिति गठन गरेको हो । जसकाे उपाध्यक्षमा राजिब मुनानकामी, महासचिबमा पोषण राज बस्नेत, सचिबमा रोजनराज घिमिरे र कोषाध्यक्षमा भिमबहादुर बम चयन भए । त्यसैगरी महिला संयोजकमा सन्ध्या खनाल र युबा संयोजकमा ईश्वर भुसाल छानिए । सदस्यहरुमा शम्भु कार्की, आलोक शर्मा,रबिलाल पान्डे, चन्द्र न्यौपाने, हेमाङ्ग लामा र निम बलायर चयन भए । संघको संरक्षकमा बिदुर खनाल र सल्लाहकारमा डा. बिशालनाथ उप्रेती रहेका छन् । संघले गत बर्ष झै यस बर्ष पनि लुसाकामा नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।