चितवन समाज स्पेनले बौद्विक कार्यक्रमसहित दशैतिहारको शुभकामाना बाँड्ने


फाईल तस्विर

बार्सिलोना। चितवन समाज स्पेनले यसबर्ष पनि हाजिर जवाफ प्रतियोगीताको आयोजना गर्दैछ । समाजले हरेक वर्ष नियमित रुपमा नेपालीहरुको महान् पर्व विजया दशमी एवं शुभ दिपावलीको अवसरमा आयोजना गर्ने कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिएको हो। 

 शुभकामना आदान प्रदान सहित खुल्ला हाजिर जवाफ प्रतियोगीतामा सहभागी बन्न समाजले स्पेन स्थित संघ संस्थाहरुलाई अनुरोध गरेको छ। आफ्नो संघसंस्थाको समूह बनाई सहभागिताका लागि समाजले ४० युरो दर्ता शुल्क समेत तोकेको छ। प्रतियोगितामा बिजयी समूहलाई पुरस्कृत गर्ने समाजले जनाएको छ। 

 समाजले साना नानीबाबूहरुको प्रोत्साहन स्वरुप बाल हाजिर जवाफ प्रतियोगीता समेत संचालन गर्ने जनाएको छ।  आफ्ना बाबुनानीलाई सहभागी गराइदिन अभिभावकलाई आग्रह गरेको छ । प्रतियोगीतामा १२ वर्ष भन्दा साना नानीबाबुले सहभागीता जनाउन सक्नेछन् । सेप्टेम्बर २३ तारेख सोमबार कार्यक्रमको आयोजना गरिने समाजका सचिव बिनय अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ। 

  • कार्यक्रमबारे पूर्ण बिबरण:-
  • मिति:- २३ सेप्टेम्बर २०१९ सोमबार 
  • समय:- दिउँसो ३ बजे देखि राति ९ बजेसम्म 
  • स्थान;- सिसिलिया हल( c.sicilli, 321 08025 )
  • आयोजक:- चितवन समाज स्पेन