स्पेनबाट ढुङ्गेधाराको पानि…

बार्सिलोना। प्रबासवाट गीत संगीतको सृजनासहित बिभिन्न म्युजिक भिडियोहरु बन्नेक्रम बढिरहेका बेला स्पेनका रहेका  कलाकारहरुले पनि नयाँ म्युजिक भिडिओ सार्बजनिक गरेका छन्। ईनास स्पेनको चौथो प्रस्तुतिको रुपमा बुधबार यूट्यूब मार्फत भिडिओ सार्बजनिक भएको हो।  

लोकप्रिय गायक प्रबिन प्रसाईको “ढुङ्गे धाराको पानी” बोलको गीत सार्वजनिक भएको छ । गीतको छायाङ्कन स्पेनको पर्यटकीय शहर बार्सिलोनामा भएको हो। गीतको निर्देशन सञ्जय बिक्रम शाहले गरेका हुन्। 

निर्देशक शाहले बिदेशमा ब्यस्त समयका बाबजुत पनि आँफूहरुले सक्दो मिहेनत गरेको बताए। उनले भने,“हामीसँग अभिनयमा पोख्त कलाकारहरु छन्। बिदेशमा रहेर पनि नेपाली संगीतप्रतिको रुचिको कारण सबैजनाले आ-आफ्नो ठाउँबाट सक्दो मेहनत गरेका छौ। आशा छ दर्शकहरुले भिडिओ रुचाउनु हुनेछ।” 

 भिडिओमा कलाकार अनन्त लामिछाने  र सोनु क्षेत्री खड्काले अभिनय गरेका छन्। मोडल लामिछाने यसअघिका  म्युजिक भिडिओहरुमा चर्चित नायिका प्रियका कार्की र निता ढुंगानासँग पनि स्क्रिन सेयर गरेका थिए। कलाकार क्षेत्री भने नृत्यमा पोख्त छिन्। युरोपको नेपाली समुदाय माँझ उनले थुप्रै स्टेज कार्यक्रमहरु मार्फत दर्शक स्रोताको मन जितेकी छिन्। 

गीतलाई विकास साम्पाङेले छायाङ्कन गरेका छन् भने सुरज मैनालीले भिडीओ सम्पादन गरेका हुन्। मैनाली आँफैमा कुशल गायक पनि हुन्। “ढुङ्गे धाराको पानी” समग्र स्पेनको बार्सिलोना निवासी कलाप्रेमीहरुको संयोजन र मेहनतको प्रतिफल हो।”

उक्त गीतको शब्द र संगीत पनि गायक प्रसाईको नै  रहेको छ। बिदेशमा रहेका कलाकर्मीहरुसँग मिलेर काम गर्न पाउदा आँफूलाई झनै ठुलो हौसला मिलेको गायक प्रसाईले प्रतिक्रिया दिएका छन्।