पोर्चुगलका यामेन्द्र घर्तीले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने


लिस्बन । गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजकमा पोर्तुगलबाट यामेन्द्रकुमार घर्तीले उम्मेदवारी दिने भएका छन् । 

उनले संस्थागत गतिविधिलाई पारदर्शी बनाउने, युवा र श्रमिक वर्गलाई संस्थाप्रति आकर्षित गर्ने, दोश्रो पुस्ताका नेपालीहरुलाई पनि संस्थाको महत्वबारे सचेतना फैलाउने र गैह्र आवासीय नेपाली नागरिकताबारे संविधानमा उल्लेख भए बमोजिमको ऐन बनाउन दवाव दिने प्रतिवद्धता जाहेर गरेका छन् ।
२० वर्षदेखि वैदेशिक रोजगारमा रहेका उनी ६ वर्ष जापान बसेका थिए । तेह्र महिना अगाडि पोर्तुगल आएका उनले अन्तर्राष्ट्रिय स्तरमा थुप्रै साथीहरुको सल्लाह र परामर्शमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए । जापानमा उनले एनआरएनएबाहेक नेपाली जनसम्पर्क समिति र नेपाली सेवा समाज जापानको महासचिव पदमा रहेर काम गरेका थिए ।