बेल्जियमकी योगिता थापाले युरोप महिला संयोजकमा उम्मेदवारी दिने


बेल्जियम। बेल्जियम निबासी योगिता थापाले एनआरएनए  युरोप महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छन् । संघको नवौ अन्तर्राष्टिय महाधिबेशनमा थापाले   युरोप महिला संयोजक पदमा दावी गरेकी हुन्। 

उनि एनआरएनए बेल्जियमकी निवर्तमान उपाध्यक्ष समेत हुन् । होटल व्यवसायी थापा युरोपको नेपाली समुदायमा सफल मोडलका रुपमा पनि परिचित छिन्। 

फरक-फरक मुलुकमा रहेका महिलाहरुको समस्या पृथक हुने बताउदै त्यसको समाधान पनि एनआरएन अभियानबाटै खोज्ने उनको योजना रहेको छ। प्रवासी महिलाहरुलाई एनआरएनए अभियानको शक्ति बनाउन पहल गर्ने प्रतिवद्वतासहित उनले आफ्नो उम्मेदवारीलाई समर्थन गर्न अग्रज तथा अभियन्ताहरुलाई उनले अनुरोध गरेकी छिन्। 

बेल्जियमको ‘टप मोडल २०१६’ प्रतियोगिताकी उनि फाईनलिस्ट पनि हुन् । हाल लुम्बिनी कपिलबस्तु विश्व अभियान बेल्जियमको सचिवका रुपमा उनि क्रियाशील छिन् ।थापा बिभिन्न संघ संस्थामा आवद्व पनि छन्। 

हाल उनी मिस नेपाल युरोपको आयोजनाको तयारी गरिरहेकी छन्। नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको मानार्थ सदभावना दुतको उपाधिले सम्मानित थापा आफुले गरेको यस्तै सामाजिक क्रियाशीलतालाई एनआरएन अभियान मार्फत प्रवासी नेपाली समाजलाई अघि बढाउन चाहेको बताउँछिन् ।