म्याड्रिडमा संबिधान दिवस मनाईयो (फोटोफिचर सहित)


बार्सिलोना। म्याड्रिडस्थित नेपाली दूताबासले चौंथो संबिधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ। शुक्रबार म्याड्रिडस्थित होटल ईन्टरकन्टिनेन्टलमा विदेशस्थित उच्च अधिकारीहरु तथा नेपाली समुदायको उपस्थितिमा दूताबासले  संबिधान दिवस मनाएको हो। 

बिशेष समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि स्पेनस्थित परराष्ट्रमन्त्रालयका बरिष्ठ राजनीतिक सल्लाहकार प्याट्रिक सानड्रोभाल निकोलासले नेपालले स्पेनमा कुटनीतिक नियोग स्थापना गरेकोमा खुशीप्रकट गदै नेपालको बिकासमा स्पेन साझेदार बन्ने बताए। 

स्पेनस्थित परराष्ट्रमन्त्रालयका बरिष्ठ राजनीतिक सल्लाहकार प्याट्रिक सानड्रोभाल निकोलास

कार्यक्रममा स्पेनको परराष्ट्रमन्त्रालयका एसिया महाशाखा बिभागका बरिष्ठ अधिकारी अगुष्तो रेडोन्डो लगायत एक दर्जनभन्दा बढी देशका राजदूत तथा सरकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कतार,कुबेत,अफगानिस्तान,इन्डोनेशिया,पाकिस्तान लगायत देशका राजदूतहरु तथा भारत,संयुक्त राज्य अमेरिकी दूताबासका उच्च अधिकारीहरु बिशेष समारोहमा सहभागी बने। म्याड्रिडस्थित नेपाली राजदूताबासका कार्यबाहक राजदूत हरिहरकान्त पौडेलले सो अबसरमा नेपालभ्रमण बर्ष २०२० अभियानबारे चर्चा गरे। नेपालको संस्कृति र पर्यटन प्रवद्वनसम्बन्धी भिडियो समेत देखाईएको थियो। 

स्थानीय कलाकारहरुले संगीत तथा नृत्य प्रस्तुत गरेका थिए। उक्त समारोहमा नेपाली समुदायसहित बिदेशी कुटनीतिज्ञ र पाहुना गरी झन्डै सय जनाको उपस्थिति रह्यो। संबिधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा दूताबासमा नयाँ झण्डा राखिएको छ।